
आसनसोल, 08 अप्रेल (हि.स.)। पश्चिम बर्दवान जिल्लाको पाण्डेश्वर विधानसभा सीट (संख्या 275, आसनसोल लोकसभा क्षेत्र) मा चुनावी माहोलबीच एउटा महत्वपूर्ण सिकायत सामु आएको छ। भाजपा प्रत्याशी जितेन्द्र तिवारीका चुनाउ एजेन्ट सुशिल कुमार टुडूले रिटर्निंग अफिसर समक्ष तृणमूल कंग्रेसका उम्मेद्वार नरेन्द्र नाथ चक्रवर्तीविरूद्ध औपचारिक सिकायत दर्ता गराएका छन्।
सिकायत पत्रमा आरोप लगाइएको छ, नरेन्द्र नाथ चक्रवर्ती वर्तमानमा आसनसोल माइन्स बोर्ड अफ हेल्थका चेयरम्यान तथा पश्चिम बर्दवान आरटीए (रीजनल ट्रान्सपोर्ट अथोरिटी)-का सदस्य हुन्। सिकायतकर्ता अनुसार यी दुवै पद “अफिस अफ प्रफिट”- को श्रेणीमा पर्दछ र यी पदहरूमा बसेर लाभ प्राप्त गरिंदैछ।
सिकायतमा संविधानको अनुच्छेद 191(1)(a)-लाई आधार मान्दै भनिएको छ, यदि कुनै व्यक्ति भारत सरकार वा राज्य सरकार अधिनस्थ लाभको पदमा आसिन छ भने उ विधानसभा चुनाउ लड़्नको लागि अयोग्य हुनसक्छ जबसम्म त्यस पदलाई विधायिकाद्वारा अयोग्यदेखि मुक्त घोषित गरिँदैन। यसको साथै “पार्लियामेन्ट (प्रिभेन्शन अफ डिस्क्वालिफिकेशन) एक्ट, 1959”- को धारा-3 लाई पनि उल्लेख गरिएको छ।
सिकायतकर्ताको भनाइ छ, यदि कुनै सांवैधानिक वा गैर-संवैधानिक निकायका सदस्यलाई केवल प्रतिपूरक भत्ताबाट अधिक लाभ प्राप्त हुन्छ भने त्यो पदलाई “अफिस अफ प्रफिट” मानिनेछ।
सुशिल कुमार टुडूले आफ्नो आरोपमा भनेका छन्, नरेन्द्र नाथ चक्रवर्तीले यी पदहरूबाट लाभ प्राप्त गरिरहेका छन् जसले उनलाई चुनाउ लड़्नको लागि अयोग्य बनाउँछ। उनले रिटर्निंग अफिसरसित माग गरेका छन्, नामांकन पत्रको जाँच अवधि नरेन्द्र नाथ चक्रवर्तीको उम्मेद्वारितालाई खारेज गरियोस्। यस सिकायत पश्चात पाण्डेश्वर विधानसभा क्षेत्रमा चुनावी हावा अझ तातिएको छ। अब सबैको नजर रिटर्निंग अफिसरको फसेलामाथि टिकेको छ जसले जाँचपछि यस मामिलामा निर्णय लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा