सांसद सुब्बाले राज्यपाल माथुरसँग शिष्टाचार भेट गरे
Governor and MP


गान्तोक, 08 अप्रेल (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे।

भेटघाटका क्रममा सांसदले राज्यमा केन्द्र सरकारद्वारा सञ्चालन भइरहेका सडक तथा रेल सम्पर्क (कनेक्टिभिटी) परियोजनाहरूको प्रगतिबारे विस्तृत जानकारी दिए। उनले विशेष रूपमा एनएच-१० को बारेमा चर्चा गरे।

यसैगरी, सांसद सुब्बाले उत्तर सिक्किममा राष्ट्रिय राजमार्गसँग सम्बन्धित समस्याहरूको विस्तृत रूपमा चर्चा गर्दै ती क्षेत्रमा राम्रो तथा वैकल्पिक कनेक्टिभिटीको आवश्यकता माथि जोड दिए। यसरी नै उनले सिक्किम विधानसभामा लिम्बू-तामाङ सिट आरक्षणको मुद्दा तथा १२ वटा छुटेका समुदाय सम्बन्धी विषयमा पनि राज्यपाललाई जानकारी गराए।

राज्यपालले सांसदले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुने र ती विषयहरूलाई केन्द्र सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने आश्वासन दिएको लोकभवनले आज प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande