सड़क दुर्घटनामा महिलाको मृत्यु, दुईजना घाइते
सड़क दुर्घटनामा महिलाको मृत्यु, दुईजना घाइते


पश्चिम मेदिनीपुर, 08 अप्रेल (हि. स.)। जिल्लाको नारायणगढ़मा राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो भने दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। बुधवार खड़गपुर–बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गको उकुनमारी क्षेत्रमा यो दुर्घटना भएको हो। मृत महिलाको नाम पुनि नायक हो।

स्थानीय सूत्र अनुसार खड़गपुर तिरबाट आइरहेको एउटा मोटरसाइकलले अचानक नियन्त्रण गुमाएको कारण सड़क किनारमा पैदल हिँड़िरहेका दुईजना मानिसहरूलाई ठक्ककर दियो। यस दुर्घटनामा दुवै पैदल यात्री तथा मोटरसाइकल चालक गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई तत्काल मकरामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँ डाक्टरहरूले महिलालाई मृत घोषित गरिदिए। अन्य दुईजनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई अन्यत्र रेफर गरिएको छ.

सूचना पाउनसाथ नारायणगढ़ थाना पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाग्रस्त मोटरसाइकललाई जफत गरी मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande