मदरसेको छेउमा बम भेटिनाले मचियो खैलाबैला
मदरसेको छेउमा बम भेटिनाले मचियो खैलाबैला


कुचबिहार, 08 अप्रेल (हि.स.)। कुचबिहारमा बुधवार गुरियाहाटी दुई ग्राम पञ्चायतको नेहरू नगर क्षेत्रमा एक सरकारी मोडल मदरसेको छेउमा बम भेटिनाले क्षेत्रमा सन्त्राष फैलियो। प्राप्त जानकारी अनुसार एक सीमेन्ट दोकानको छेउमा एउटा प्लास्टिक ब्यागभित्र बम राखिएको थियो। यो समाचार फैलिनसाथ घटनास्थलमा मानिसहरूको भीड़ एकत्र भयो। मदरसेका विद्यार्थीहरू सहित स्थानीय मानिसहरूमा त्रास व्याप्त भयो।

सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर अत्यन्त सतर्कता पूर्वक बमलाई कब्जामा लियो अनि सुरक्षित स्थानमा पुऱ्यायो। त्यसबेला मदरसेमा कक्षाहरू संचालन भइरहेका थिए, त्यसैले ठूलो दुर्घटना हुनसक्ने आशंकाले मानिसहरू भयभित भएका थिए।

पुलिसले वरिपरीको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। बम कसले राखेको हो र कुन उद्देश्यले राखेको हो, पुलिसले पत्तो लगाउन गहन जाँच गरिरहेको छ।

स्थानीय मानिसहरूको भनाइ छ, यस किसिमको घटना पहिला कहिल्यै भएको थिएन। पुलिसले सम्पूर्ण मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande