कोकराझार जिल्लामा मतदानको तयारी पूर्ण, मतदान दल प्रस्थान
कोकराझार जिल्लामा मतदानको तयारी पूर्ण, मतदान दल प्रस्थान


कोकराझार (असम), 08 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ- 2026 अन्तर्गत कोकराझार जिल्लामा मतदानका सबै तयारीहरू पूरा गरिएको छ। जिल्ला प्रशासनले स्वतन्त्र, निष्पक्ष औ शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि व्यापक व्यवस्था गरेको छ। मतदान 9 अप्रेलको बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म हुनेछ।

असम विधानसभा चुनाउ-2026 को लागि प्रशासनिक तयारीहरूबीच आज कोकराझार जिल्लाका विभिन्न मतदान केन्द्रहरू तर्फ मतदान दलहरूलाई प्रस्थान गराइयो। चुनाउ आयोगको दिशानिर्देश अनुसार सुरक्षा व्यवस्थाबीच मतदान कर्मीहरूलाई मतदान सामग्रीहरूसितै निर्धारित गन्तव्य तर्फ पठाइयो।

बिहानदेखिकै निर्वाचन कार्यालमा खैलाबैला भइरह्यो। चुनाउ अधिकारीहरूले मतदान दलहरूलाई आवश्यक निर्देश दिए अनि मतदान प्रक्रियालाई निर्विघ्न समपन्न गराउने अपील गरे। मतदान दलहरूलाई सुरक्षा बलहरूको निगरानीमा बस अनि अन्य वाहनहरूको माध्यमबाट उनीहरूको बूथहरूतर्फ प्रस्थान गराइयो।

जिल्लामा मोठ 7,08,805 मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् जसमा गोसाई गाउँ, दोतमा (एसटी), कोकराझार (एसटी), बाओखुंगुरी औ परबतझोरा विधानसभा क्षेत्र सामेल छन्। सबै क्षेत्रहरूमा मतदाताहरूको सहभागिता सुनिश्चित गर्नको लागि विशेष व्यवस्था गरिएको छ।

मतदान प्रक्रियालाई सुचारू रूपमा संचालन गर्नको लागि मोठ 4172 मतदान कर्मीहरूलाई नियुक्त गरिएको छ जसमा 1043 प्रीसाइडिंग अफिसर, 1043 प्रथम मतदान अधिकारी, 1043 द्वितीय मतदान अधिकारी औ 1043 तृतीय मतदान अधिकारी सामेल छन्। यस अतिरिक्त जिल्लामा 52 महिला मतदान केन्द्रहरू स्थापित गरिएको छ जहाँ विशेष सुविधाहरू उपलब्ध गराइएको छ।

सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। 33 कम्पनी केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ)-लाई तैनाथ गरिेको छ भने 944 पुलिस कर्मी र 487 होमगार्डलाई कानून-व्यवस्था कायम राख्नको लागि ड्यूटीमा खटाइएको छ।

जिल्ला प्रशासनले मतदाताहरूसित अपील गरेको छ, उनीहरूले निर्भय भएर आफ्नो मताधिकार प्रयोग गरुन् अनि लोकतन्त्रको यस महापर्वमा व्यापक रूपमा सहभागी बनुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande