चुनाउ 26ः प्रचार अवधि विरोध, अधिर रञ्जन चौधरीको सुरक्षा बढ़ाइयो
चुनाउ 26ः प्रचार अवधि विरोध, अधिर रञ्जन चौधरीको सुरक्षा बढ़ाइयो


कोलकाता, 08 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउपूर्व बहरमपुरबाट कंग्रेस उम्मेद्वार अधीर रञ्जन चौधरीको केन्द्रिय सुरक्षा बढ़ाइएको छ। सरकारी सूत्रले बुधवार यस आशयको जानकारी गराए।

सूत्र अनुसार उनको सुरक्षा व्यवस्थामा अतिरिक्त केन्द्रिय सुरक्षाकर्मीहरूलाई तैनाथ गरिएको छ। गए मंगलवार उनको सुरक्षा टीममा थप पाँचजना सुरक्षा कर्मीहरूलाई जोड़िएको छ जसमा महिला कर्मी पनि सामेल छन्।

यो फसेला त्यसबेला गरिएको हो जतिबेला हालैमा मुर्शिदाबाद जिल्लाको बहरमपुर क्षेत्रमा चुनाउ प्रचार अवधि उनलाई विरोधको सामना गर्नु परेको थियो। भनिन्छ, तृणमूलका केही कार्यकर्ताहरूले लगातार दुई दिनसम्म उनको विरोधमा प्रदर्शन गर्दै ‘गो ब्याक’- को नारा लगाए।

उल्लेखनीय छ, सांसद हुँदा अधिर रञ्जन चौधरीलाई ‘वाई प्लस’ श्रेणीको केन्द्रिय सुरक्षा प्राप्त थियो भने उनीसित पाँच जना सुरक्षाकर्मीहरू तैनाथ रहन्थे। पछिल्लो 2024-को लोकसभा चुनाउमा परास्त भएपछि उनको सुरक्षा फिर्ता लिइएको थियो। अब सुरक्षा बढ़ाइएपछि ‘वाई प्लस’ श्रेणीका सुरक्षाकर्मीहरूको संख्या बढ़ेर 10 पुगेको छ। यस अतिरिक्त उनको सुरक्षामा राज्य पुलिसका दुईजना कन्स्टेबल पनि तैनाथ छन्।

यसबीच अभिषेक ब्यानर्जीले मुर्शिदाबादको जलंगीमा आयोजित एक सभामा आरोप लगाए, अधिर रञ्जन चौधरी र केन्द्रबीच सुरक्षालाई लिएर मौन सम्झौता भएको छ।

यता चौधरीका निकटवर्ती एक जना नेताले भने, विधानसभा चुनाउको प्रचार गर्ने क्रममा उनलाई कतिपय स्थानहरूमा बाधाहरूको सामना गर्नु परिहेको छ। केही ठाउँमा उनी विरूद्ध ‘गो ब्याक’-को नारा लगाइयो साथै विरोध प्रदर्शन पनि भयो।

गत आइतवार बहरमपुरका तीन क्षेत्रमा प्रचार गर्दा विरोधपूर्ण स्थिति उत्पन्न भएको थियो जसलाई पुलिस र केन्द्रिय बलहरूले नियन्त्रण गरे। यसअघि शनिवार पनि पैदल प्रचार अवधि उनको विरोध गरिएको थियो। घटनापछि पश्चिम बंगाल पुलिसले बहरमपुर थानाका प्रभारी विरूद्ध अनुशासनात्मक कारबाही तथा चुनाउ प्रचारमा अवरोध गरेको आरोपमा चारजना तृणमूल कार्यकर्ताहरू विरूद्ध कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande