असमको सांस्कृतिक पहिचानलाई वैश्विक मान्यताः मुख्यमन्त्री सरमा
असमको सांस्कृतिक पहिचानलाई वैश्विक मान्यताः मुख्यमन्त्री सरमा


गुवाहाटी, 08 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, राज्यका विभिन्न जाति-जनजातिहरूको समृद्ध सांस्कृतिक धरोहरले हालैमा विश्व स्तरमा असमको एक विशिष्ट पहिचान स्थापित गरेको छ।

मुख्यमन्त्रीले बुधवार आफ्नो सोशल मीडिया सन्देशमा भने, विश्वका अन्य लोक संस्कृतिहरू जस्तै असमको लोक संस्कृति पनि प्राचीन तथा अत्यन्त समृद्ध छ।

उनले बताए, यस सांस्कृतिक धरोहरको संरक्षण अनि वैश्विक स्तरमा प्रचार-प्रसारको लागि सरकारद्वारा उठाइएका कदमहरूलाई जनताको अभूतपूर्व समर्थन अनि सहयोग प्राप्त भएको छ। बिहू, झूमर औ बागरुंबा जस्ता प्रमुख सांस्कृतिक आयोजनहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, यी सबैको सफलताको पछाड़ि नयाँ पिँढ़ीको उत्साह अनि जिम्मेवारीको भावना स्पष्ट रूपमा देखिन्छ जुन शुभ संकेत हो।

उनले भने, आगामी दिनमा पनि राज्य सरकारले आफ्नो सांस्कृतिक जराहरूलाई मजबुत रूपमा संरक्षण गर्दै असमका समृद्ध परम्पराहरूलाई विश्व पटलमा तथा अधिक सशक्त ढंगमा प्रस्तुत गरिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande