अभिषेक ब्यानर्जीको बयानमाथि चुनाउ आयोगमा भाजपाको सिकायत
अभिषेक ब्यानर्जीको बयानमाथि चुनाउ आयोगमा भाजपाको सिकायत


- आदर्श आचार संहिता उल्लंघन गरेको आरोप

कोलकाता, 08 अप्रेल (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-ले तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीविरूद्ध चुनाउ आयोगमा सिकायत दर्ता गराउँदै उनीमाथि चुनाउ अवधि हिंसा भड़्काउने किसिमको बयान दिएको आरोप लगाएको छ।

पार्टीद्वारा दर्ता सिकायतमा भनिएको छ, पश्चिम बंगालको रैनामा आयोजित एक चुनावी सभामा अभिषेक ब्यनर्जीले भाजपा कार्यकर्ताहरूविरूद्ध कथित रूपमा हिंसात्मक भाषा प्रयोग गरे जुन स्वतन्त्र अनि निष्पक्ष चुनाउको भावनाविरूद्ध छ।

सिकायतमा आरोप लगाइएको छ, यस प्रकारको टिप्पणीले राजनीतिक दलहरूबीच तनाउ मात्र बढ़ाउँदैन जबकि चुनावी माहोललाई पनि प्रभावित पार्छ। भाजपाले यसलाई आदर्श आचार संहिताको स्पष्ट उल्लंघन बताउँदै आयोगसित तत्काल हस्तक्षेप गर्ने माग गरेको छ।

भाजपाले यो पनि भन्यो, चुनाउ नियम अनुसार कुनै पनि उम्मेद्वार वा दललाई यस्तो भाषा प्रयोग गर्ने अनुमति छैन जसबाट घृणा फैलिन्छ वा हिंसाको लागि उक्साउँछ। पार्टीको भनाइ छ, यस किसिमको बयानले लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्नसक्छ।

सिकायतमा तृणमूल कंग्रेस प्रमुख औ पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीका केही पूर्व बयानरूको पनि उल्लेख गर्दै आरोप लगाइएको छ, यस्ता मामिलाहरूमा पहिला पनि कारबाही भएको छैन।

भाजपाले चुनाउ आयोगसित माग गरेको छ, मामिलाको संज्ञान लिएर अभिषेक ब्यनर्जी अनि ममता ब्यनर्जीका भाषणहरूमाथि आवश्यक निगरानी तथा प्रतिबन्ध लगाइयोस् ताकि चुनाउ प्रक्रिया शान्तिपूर्ण ढंगमा सम्पन्न हुन सकोस्।

पार्टीले भन्यो, उ निष्पक्ष, शान्तिपूर्ण औ भयमुक्त चुनाउको लागि प्रतिबद्ध छ र आयोगबाट पनि यसै दिशामा कड़ा कारबाहीको अपेक्षा गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande