
कोलकाता, 08 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि चुनाउ प्रक्रियालाई निष्पक्ष तथा पारदर्शी बनाउनको लागि कड़ा निगरानी राख्ने क्रममा गत 26 फरवरीदेखि 6 अप्रेलसम्ममा मोठ 327.44 कड़ोर रुपियाँ मूल्यको अवैध सामग्री जफत गरिसकिएको छ। यस आशयको जानकारी भारतको निर्वाचन प्राधिकरणले दिएको हो।
निर्वाचन प्राधिकरण अनुसार जफत गरिएका सामग्रीहरूमा नगद, मादक पदार्थ, मूल्वान धातुहरू तथा मतदाताहरूलाई प्रभावित पार्नको लागि प्रयोग गरिने अन्य वस्तुहरू सामेल छन्। चुनाउलाई स्वतन्त्र एवं निष्पक्ष बनाउने उद्देश्यले विभिन्न जाँच दलहरूद्वारा लगातार अभियान संचालन गरिँदैछ।
अधिकारीहरूले बताए, चुनाउ घोषणा भएदेखि यता राज्यका विभिन्न जिल्लाहरूमा निगरानी बढ़ाइएको छ जसान्तर्गत फ्लाइंग स्क्वाड, स्थिर निगरानी दल तथा पुलिसको संयुक्त टीमहरूद्वारा लगातार जाँच अभियान संचालन गरिंँदैछ।
निर्वाचन प्रक्रियासित सम्बन्धित अधिकारीहरूको भनाइ छ, यस किसिमको कारबाहीको उद्देश्य चुनाउमा धनबल र अवैध प्रभावलाई रोक्नु हो ताकि मतदाताहरूले कसैको दबाव बिनै आफ्नो मताधिकार प्रयोग गर्न सकुन्।
उल्लेखनीय छ, पश्चिम बंगालमा यसै महिनाको अन्तमा महत्वपूर्ण विधानसभा चुनाउ हुनुछ जसलाई मध्यनजर गर्दै सुरक्षा एवं निगरानी व्यवस्थालाई अझ मजबुत बनाइएको छ। निर्वाचन प्राधिकरणले स्पष्ट पारेको छ, आदर्श आचार संहिताको उल्लंघन गर्नेहरूविरूद्ध कड़ा कारबाही जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा