
नलबाड़ी (असम), 08 अप्रेल (हि.स.)। पश्चिम नलबाड़ी र बजाली समेत राज्यका विभिन्न क्षेत्रहरूमा गए राती आएको तीव्र हुरी-बतासले व्यापक नोक्सान पुऱ्याएको छ। यस भीषण प्राकृतिक प्रकोपले यहाँको ठूलो क्षेत्रलाई प्रभावित बनाएको छ जसबाट जनजीवन अस्त-व्यस्त भएको छ।
प्राप्त जानकारी अनुसार हुन्डरीको कारणले सयभन्दा अधिक परिवारहरूको घर-द्वार क्षतिग्रस्त भएको छ वा पूर्ण रूपले उड़ेको छ। केही परिवारहरू बेघर हुनका साथै उनीहरूको दैनन्दिन जीवनका आवश्यक वस्तुहरू समेत नष्ट भएको छ।
यस घटनामा धेरैजना मानिसहरू घाइते भएका छन्। स्थानीय प्रशासन तथा राहत एजेन्सीहरू बचाउ अनि राहत कार्यमा जुटेका छन्। प्रभावित क्षेत्रहरूमा नोक्सानको मूल्यांकन गरिँदैछ भने पीड़ित परिवारहरूलाई सहायता प्रदान गर्ने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा