बंकिमचन्द्र च्यटर्जीको पुण्यतिथिमा ममता ब्यनर्जीले दिइन् श्रद्धाञ्जली, धरोहरको ‘दुरुपयोग’ प्रति असन्तुष्टि व्यक्त
बंकिमचन्द्र च्यटर्जीको पुण्यतिथिमा ममता ब्यनर्जीले दिइन् श्रद्धाञ्जली, धरोहरको ‘दुरुपयोग’ प्रति असन्तुष्टि व्यक्त


कोलकाता, 08 अप्रेल (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बुधवार सोशल मीडिया प्लेटफर्म एक्समा महान साहित्यकार बंकिमचन्द्र च्यटर्जीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।

आफ्नो सन्देशमा उनले भनिन्, बंकिमचन्द्र च्यटर्जी बंगालको नवजागरणका अग्रणी स्वर औ आधुनिक बंगला साहित्यका मार्गदर्शक थिए। उनका विचारहरूको गहराई र भाषाको समृद्धिले आज पनि मानिसहरूलाई प्रेरित गर्छ।

मुख्यमन्त्रीले भनिन्, उनका रचनाहरूले पराधीन भारतमा आत्मसम्मान र देशभक्तिको भावना जगाए। उनले विशेष रूपमा ‘वन्दे मातरम्’- को उल्लेख गर्दै भनिन्, यस गीतको ध्वनिले आज पनि देशभक्ति तथा शहीदहरूप्रति सम्मानको भावनाले मानिसहरूलाई भावुक बनाउँछ। उनले यसलाई देशको पहिचानको एक महत्वपूर्ण स्तम्भ बताइन्।

ममता ब्यनर्जीले आफ्नो पोस्टमा यो पनि आरोप लगाइन्, केही मानिसहरूले सस्तो राजनीतिको लागि बंगालका महान विचारक तथा साहित्यकारहरूको दुरूपयोग गरिरहेका छन्। उनले भनिन्, बंकिमचन्द्र जस्ता पूजनीय व्यक्तिहरूको नामलाई पनि विकृत बनाइँदैछ जुन दुर्भाग्यपूर्ण हो।

उनले भनिन्, बंगालका महान व्यक्तित्व राज्यका गर्व अनि भावनाहरूसित जोड़िएका छन् जसले यसको अवहेलना गर्ने प्रयास गर्छ, उसलाई जनताले नै उचित जवाफ दिनेछन्। अन्तमा उनले “जय बंगला”- को नारा पनि दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande