
जोरहाट (असम), 09 अप्रेल (हि.स.)। असम प्रदेश कंग्रेस कमेटी (एपीसीसी)- का अध्यक्ष, लाेकसभा सांसद औ जोरहाट विधानसभा क्षेत्रबाट कंग्रेस उम्मेद्वार गौरव गोगोईले बिहीवार असम विधानसभा चुनाउमा आफ्नो मताधिकारको प्रयोग गरे। उनले विश्वास व्यक्त गरे, राज्यमा एउटा ठूलो राजनीतिक परिवर्तन देख्न पाइनेछ।
मतदानपछि पत्रकारहरूसित बातचित गर्दै सांसद गौरव गोगोईले भने, आज असमको लागि एक महत्वपूर्ण दिन हो र मानिसहरू राज्यको लागि एक निर्णायक चुनाउ गर्न अगाड़ि बढ़िरहेका छन्। मानिसहरूको आँखामा आशा, उनीहरूको आवाजमा आत्मविश्वास तथा उनीहरूको विचारको निडर अभिव्यक्तिले संकेत गरिरहेको छ कि आगामी 4 ईको दिन हामी एक सशक्त र नयाँ असम देख्नेछौं।
उनले भने, मतदाताहरूले लोकतन्त्र र प्रगतिका आदर्शहरूलाई समर्थन गरिरहेका छन्। मानिसहरूले एक गणतान्त्रिक, लोकतान्त्रिक र सशक्त असमलाई चुनिरहेका छन्। उनीहरूले असमको सभ्यता, नैतिक औ लोकतान्त्रिक मूल्यहरूको पक्षमा मतदान गर्नेछन्।
मतदान गर्नअघि गौरव गोगोईले आफ्ना पिता एवं असमका पूर्व मुख्यमन्त्री तरूण गोगोईलाई पुष्पाञ्जली अर्पण गर्दै राज्यप्रति उनको योगदान र धरोहरलाई स्मरण गरे।
पोलिंग बूथमा उनको साथमा रहेकी उनकी आमा डली गोगोईले मतदाताहरूप्रति आभार व्यक्त गर्दै भनिन्, म जोरहाटका मानिसहरूको माया र आशीर्वाद चाहन्छु। उनकी फुपु लक्षानी रानी गोगोईले पनि आफ्नो आशीर्वाद दिंदै भनिन्, असमको विकास जारी रहने र गौरव गोगोई सफल हुने उनलाई पूर्ण विश्वासछ।
माथिल्लो असमको जोरहाट निर्वाचन क्षेत्रबाट गौरव गोगोईले भारतीय जनता पार्टी (भाजपा)-का वर्तमान विधायक हितेन्द्र नाथ गोस्वामीको विरोधमा चुनाउ लड़िरहेका छन् जसबाट यो एक हाई-प्रोफाइल प्रतिस्पर्धा बन्न पुगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा