
आसनसोल, 09 अप्रेल (हि. स.)। आसनसोलमा प्रस्तावित प्रधानमन्त्रीको जनसभाअघि राजनीतिक माहोल तातिएको छ। बिहीवारको यस ऱ्यालीलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेसबीच चर्को बयानबाजी शुरू भएको छ जसबाट चुनावी हावा अझ तीव्र भएको छ। भाजपा नेताहरूको आरोप छ, कु्ल्टी क्षेत्रका समर्थकहरूलाई सभास्थलसम्म पुऱ्याउनका लागि व्यवस्था गरिएका अधिकांश बसहरूको बुकिंग अचानक रद्द गरियो।
पार्टीको दाबी छ, यो कदम दबाव दिएर उठाइएको हो ताकि कार्यकर्ताहरूको संख्या बललाई घटाउन सकियोस्। जिल्ला स्तरका एकजना भाजपा पदाधिकारीले यस लोकतान्त्रिक प्रक्रियामा बाधा बताउँदै भने, यस किसिमका घटनाहरूले राजनीतिक दुर्भावनालाई दर्शाउँछ।
भाजपाको भनाइ यो पनि छ, बस मालिकहरूलाई कथित रूपमा चेताउनी दिइयो कि यदि उनीहरूले पार्टी समर्थकहरूलाई ऱ्यालीमा जानका लागि वाहनहरू उपलब्ध गराए उनीहरूले आर्थिक नोक्सान बेहोर्नुपर्नेछ। यसलाई पार्टी नेताहरूले “राजनीतिक प्रतिशोध” बताउँदै अघि भने, जनताले यस्तो व्यवहारको अवश्य पनि जवाफ दिनेछन्।
पार्टीसित जोड़िएका एकजना परिवहन यूनियन नेताले भने, जुन बसहरूको उल्लेख गरिँदैछ ती सबै निजी वा यूनियनसित सम्बन्धित संसाधनहरू हुन् र कुनै पनि संगठनलाई कुनै विशेष राजनीतिक कार्यक्रमको लागि त्यसलाई दिनको लागि बाध्य बनाउन सकिँदैन। उनले भाजपामाथि नै आफ्नो संगठनात्मक कमजोरीहरूलाई लुकाउनको लागि आरोप लगाएको आरोप लगाए।
केही भाजपा उम्मेद्वारहरूको भनाइ छ, केही स्थानहरूबाट बस रद्द भएको जानकारी अवश्य प्राप्त भएको छ, तर यसको ऱ्यालीमाथि कुनै विशेष प्रभाव पर्नेछैन। उनको दाबी छ, प्रधानमन्त्रीको लोकप्रियताको कारणले ठूलो संख्यामा मानिसहरू स्वतः सभामा आउनेछन्। अब सबैको ध्यान आसनसोलमा हुन गइरहेको ऱ्यालीमाथि केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा