जुबिन गर्गकी पत्नी गरिमा सैकिया गर्गले मतदान गरिन्
जुबिन गर्गकी पत्नी गरिमा सैकिया गर्गले मतदान गरिन्


गुवाहाटी, 09 अप्रेल (हि.स.)। प्रसिद्ध असमिया गायक जुबिन गर्गकी पत्नी गरिमा सैकिया गर्गले बिहिवार असम विधानसभा चुनाउको निम्ति गुवाहाटीको काहिलीपाड़ा स्थित भगदत्तपुर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरिन्।

गरिमा सैकिया गर्गले जुबिनकी बहिनी पमी बरठाकुरसित मतदान केन्द्रमा आएकी थिइन् जसबाट लोकतान्त्रिक प्रक्रियामा प्रमुख हस्तिहरूको सहभागिता देख्न पाइयो।

यस अवधि जागी रोडमा भाजपा उम्मेद्वार पीयूष हजारिका पनि आफ्नी पत्नी आइमी बरूवासित मतदान गर्न आए भने अर्का भाजपा उम्मेद्वार भास्कर शर्मा, शिवसागरमा राइजर दलका नेता अखिल गोगोई तथा खोवांग सीटबाट असम जातीय परिषदका उम्मेद्वार लुरिनज्योति गोगोईले पनि आ-आफ्नो मतदान केन्द्रहरूमा मतदान गरे।

राज्यभरि नै मतदान प्रक्रिया जारी छ। यसबीच मतदाताहरूमा व्यापाक उत्साह देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande