
मोरीगाउँ (असम), 09 अप्रैल (हि.स.)। असम सरकारका मन्त्री एवं जागीरोड विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार पीयूष हजारिकाले बिहीवार बल दिएर भने, असमका मानिसहरू विकासलाई समर्थन गर्दछन् अनि अवैध प्रवासनविरूद्ध मजबुत भएर उभिएका छन्।
मतदान गर्न पुगेका हजारिकाले पत्रकरहरूसित कुराकानी गर्ने क्रममा असमिया मुसलमानहरूप्रति आफ्नो समर्थन व्यक्त गरे भने उनीहरूको अवैद प्रवासीहरूभन्दा भिन्नै बताए। उनले भने, हामी असमिया मुसलमानहरूको समर्थनमा छौं। हामी बंगलादेशबाट अवैध रूपमा आएकाहरूको विरोधमा छौं।उनले मतदाताहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा भाग लिने आग्रह गरे। उनले भने, म असमका मानिसहरूसित अनुरोध गर्न चाहन्छु कि उनीहरू अगाड़ि आएर विकासको लागि मतदान गरुन्।
हजारिकाले दाबी गरे, राज्यमा जनताको भावना अवैध प्रवासनको विरोधमा छ र यसको प्रभाव कंग्रेस पार्टीको चुनावी सम्भावनामाथि पर्नेछ। उनले भने, असमका मानिसहरू बंगलादेशी, अनुप्रवेशकारी तथा अवैध प्रवासीहरूको विरोधमा छन्। त्यसैले कंग्रेसले भोट दिने छैनन्। विपक्षमाथि प्रहार गर्दै भाजपा नेताले कंग्रेसमाथि गलत ढंगमा मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाउँदै भने, मानिसहरूलाई प्रभावित पार्नका लागि पैसा र रक्सी बाँड़्ने कंग्रेसको पुरानो आदत हो। उनले आगामी दिनमा कंग्रेसका अन्य मानिसहरूले पनि पार्टी छोड़्ने भविष्यवाणी गरे।
कंग्रेस नेता पवन खेड़ालाई लक्षित गर्दै हजारिकाले असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको परिवारविरूद्ध लगाइएका आरोपहरूलाई आधरहीन बताउँदै त्यसलाई खारेज गरे। हजारिकाले भने, पवन खेड़ा एकजना बेकारका मानिस हुन्। उनको दाबी झुटो साबित भयो। उनको हिज्जे भुल भएको थियो एउटा ठाउँमा 'Sharma' लेखेका थिए भने अर्को ठाउँमा 'Sarma'। हामीले प्रश्न उठाउँदा उनी असम छोड़ेर भागे।यदि उनको आरोप साँचो भएको भए उनी असममा बस्नुपर्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा