अरूणाचलका सीएमले असमका मानिसहरूसित विस चुनाउमा सक्रिय रूपमा भाग लिने अपील गरे
अरूणाचलका सीएमले असमका मानिसहरूसित विस चुनाउमा सक्रिय रूपमा भाग लिने अपील गरे


इटानगर, 09 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले असमका मानिसहरूसित राज्यमा जारी विधानसभा चुनाउमा सक्रिय रूपमा भाग लिएर आफ्नो मताधिकारको प्रयोग गर्ने अपील गरेका छन्। उनले बल दिएर भने, हरेक भोटले राज्यको भविष्य बनाउन अनि लोकतन्त्रलाई मजबुत बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

नागरिकहरूसित जोशको साथमा आफ्नो भोटको अधिकार प्रयोग गर्ने अपील गर्दै खाण्डुले युवा मतदाताहरू विशेष महिलाहरूलाई विश्वासको साथमा लोकतान्त्रिक प्रक्रियामा भाग लिनको लागि प्रोत्साहित गरे।

सोशल मीडिया प्लेटफर्म एक्समा एउटा पोस्ट गरी मुख्यमन्त्री खाण्डुले भने, असममा मतदान शुरू हुनसाथ म इमानदारी पूर्वक हरेक नागरिकलाई यस महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा भाग लिने अपील गर्दछु। ह रेक भोटमा राज्यको भविष्य बनाउने शक्ति हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande