
-722 जना उम्मेद्वारहरूको भाग्यको निर्णय अढ़ाई कड़ोरभन्दा अधिक मतदाताहरूले गर्नेछन्
गुवाहाटी, 09 अप्रेल (हि.स.)। 16औं असम विधानसभा चुनाउको लागि 126 वटा विधानसभा क्षेत्रहरूमा मतदातान बिहान 7 बजेदेखि आरम्भ भयो। व्यापक सुरक्षा व्यवस्थाबीच मतदान सुचारू रूपमा आरम्भ भयो। यसपालिको चुनाउमा 722 जना उम्मेद्वारहरूले आफ्नो भाग्यको परीक्षा लिरहेका छन्। एक चरणमा आयोजित मतदानको लागि निर्बाध तथा सुव्यवस्थित रूपमा मतदान प्रक्रिया पूरा गर्नको लागि सबै आवश्यक प्रबन्ध प्रशासनले गरेको छ। सबै मतदान केन्द्रहरूमा वेबकास्टिंगको व्यवस्था निर्वाचन आयोगले गरेको छ। यसपालि चुनाउमा 1,51,132 मतदान अधिकारी नियुक्त गरिएको छ। यसको साछै सुचारू रूपमा मतदान गराउनको लागि पुलिस सहित सीआरपीएफलाई पनि तैनाथ गरिएको छ।
उल्लेखनीय छ, 16औं असम विधानसभाको लागि 722 जना उम्मेद्वारहरूले चुनाउमा भाग लिएका छन् जसमा पुरुष उम्मेद्वारहरूको संख्या 663 छ भने महिला उम्मेद्वारहरू 59 छन्। यसको साथै असममा 815 जना उम्मेद्वारहरूले 126 वटा विधानसभा क्षेत्रहरूमा 1,389 नामांकन पत्र दर्ता गराएका थिए। नामांकन पत्रको जाँचपछि 789 जना उम्मेद्वारहरूलाई चुनाउमा भाग लिनको लागि योग्य मानियो। यी वैध उम्मेद्वारहरूमध्ये 67 जना उम्मेद्वारहरूले आफ्नो नामांकन फिर्ता लिए जसको परिणामस्वरूप उम्मेद्वारहरूको संख्या घटेर 722 पुग्यो।
यसरी नै असमका 126 वटा विधानसभा सीटमा मोठ 2,50,54,463 मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरी उम्मेद्वारहरूको भविष्य सुनिश्चित गर्नेछन् जसमा 1,25,31,552 पुरुष, 1,25,22,593 महिला औ 318 तेस्रो लिंगीय मतदाताहरू सामेल छन्। यस अतिरिक्त 63,423 सेवा मतदाताहरू छन्।
यस चुनाउको मतगणना आगामी 4 मईमा हुनेछ भने वर्तमान 15औं असम विधानसभाको कार्यकाल आगामी 20 मईमा समाप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा