मुख्यमन्त्री डा. सरमाले सबैसित मतदान गर्ने आह्वान गरे
मुख्यमन्त्री डा. सरमाले सबैसित मतदान गर्ने आह्वान गरे


गुवाहाटी, 09 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ- 2026 को लागि आज बिहान 7 बजेदेखि मतदान आरम्भ भयो। लोकतन्त्रको यस महापर्वमा सबै मानिसहरूलाई भाग लिनका लागि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आह्वान गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियाको एउटा पोस्टमा भनेका छन्, आज लोकतन्त्रको महापर्वको तपाईहरू सबैलाई हार्दिक शुभकामना। असम विधानसभा चुनाउ-2026 को निम्ति मतदान भइरहेको दिन हरेक नागरिकले विश्वको सबैभन्दा विशाल लोकतन्त्रका नागरिक भएको अधिकारको उत्सव मनाउनुपर्छ। एक सशक्त-समृद्ध असम निर्माणको लागि हरेक नागरिकको एउटा भोटको ठूलो महत्व छ।

पहिलो पटक मतदान गरिरहेका युवा पिँढ़ीलाई बधाई दिँदै मुख्यमन्त्रीले लोकतन्त्रको मजबुत अंगं बन्ने आग्रह गरे। साथै उनले भने, आफै भोट गर्नुहोस् अनि अरूलाई पनि भोट गर्नको लागि प्रेरित गर्नुहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande