असम विस चुनाउ: नादुआरमा पोलिङ अफिसरको मृत्यु
असम विस चुनाउ: नादुआरमा पोलिङ अफिसरको मृत्यु


शोणितपुर (असम), 09 अप्रेल (हि.स.)। शोणितपुर जिल्लाको नादुआर विधानसभा क्षेत्रस्थित एउटा पोलिग स्टेशनमा ड्यूटीमा तैनाथ सहायक पोलिंग अफिसरको मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार नादुआर विधानसभा क्षेत्र नम्बर 69- को सतियार डालपानी क्षेत्रमा पोलिंग स्टेशन नम्बर 230-मा आज (बिहीवार) बिहान लगभग 7:30 बजे सेकेण्ड पोलिंग अफिसर देवेन हारो अचानक बिमार भए जसलाई तुरून्तै नजिकैको अस्पतालमा रेफर गरियो।

अभाग्यवश रंगापाराका सहायक शिक्षक देवेन हारोको अस्पतालमा पुग्नअघि बाटोमै मृत्यु भयो। उनको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएकोछ। पुलिसले यस सम्बन्धमा आवश्यक कानूनी कारबाही शुरू गरेको छ। मृत्युको सही कारण पत्तो लाग्न सकेको छैन। आशंका व्यक्त गरिँदैछ, हार्ट अट्याकको कारणले पोलिंग अफिसरको मृत्यु भएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande