गौरीपुरको पोलिंग स्टेशनमा मतदाताको मृत्यु
गौरीपुरको पोलिंग स्टेशनमा मतदाताको मृत्यु


धुबड़ी (असम), 09 अप्रेल (हि.स.)। धुबड़ी जिल्लान्तर्गत गौरीपुर विधानसभा क्षेत्रको एउटा पोलिंग स्टेशनमा मतदान गर्ने क्रममा एकजना मतदाताको मृत्यु भयो।

प्राप्त जानकारी अनुसार यो घटना गौरीपुर विधानसभा क्षेत्रको तामरहाटस्थित एक पोलिंग स्टेशनमा भएको हो। बाबर अली (54) चार मरागधाधर एलपी स्कूलको बूथ नम्बर 2108 बाहिर पंक्तिबद्ध भएर बसेका थिए। यसै अवधि उनी अचानक भुइँमा लड़े। उनलाई तुरून्तै एक अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। भनिन्छ, उनको मृत्यु हृदयाघातको कारणले भएको हो। तथापि बाबर अलीको मृत्युको कारम आधिकारिक रूपमा घोषणा गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande