चुनाउ 26: खड़गपुरमा दिलीप घोषको भरोसा, रेकर्ड जीत हुने दाबी
चुनाउ 26: खड़गपुरमा दिलीप घोषको भरोसा, रेकर्ड जीत हुने दाबी


खड़गपुर, 09 अप्रैल (हि.स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)-लाई सशक्त विपक्षीको रूप दिनमा पूर्व प्रदेश अध्यक्ष दिलीप घोषको भूमिका अहम मानिन्छ। संगठन र राजनीतिक कौशलको दममा उनले पार्टीलाई सामान्य उपस्थितिदेखि प्रमुख विपक्षी शक्तिको रूपमा परिणत गरिदिए।

राष्ट्रिय स्वयंसेवक संघसित उनका नाता बाल्यकालदेखि नै रहिआएको छ। राष्ट्रिय स्वयंसेवक संघसित आबद्ध घोषले गोपिबल्लभपुरस्तित बाबू डुमरा हाई स्कूलबाट 1980 सालमा माध्यमिक परीक्षा उतीर्ण गरेपछि 1984 सालमा मात्र 20 वर्षको आयुमा उनी संघको पूर्णकालिक प्रचारक भए। उनले आफ्नो क्षेत्रको ग्रामीण तथा अल्पसंख्यक बहुल क्षेत्रहरूमा संगठनको जगलाई बलियो बनाए अनि सम्पूर्ण पश्चिम बंगालमा संघ पृष्ठभूमिद्वारा संचालित हरेक क्षेत्रमा भिन्न-भिन्न दायित्व निर्वहन गर्दै लगातार धरातलीय स्तरमा काम गरे।

बिहीवार बिहान उनले हिन्दुस्थान समाचार-सित बातचित गर्दै भने, यसपालि उनले खड़गपुर सीटबाट रेकर्ड मतले जीत हासिल गर्नेछन्। जनतामा तृणमूललाई लिएर भय व्याप्त भएको छ। भाजपाका 3 सयभन्दा अधिक सक्रिय कार्यकर्ताहरूको हत्या भएको छ। यसपालि जनता पूर्ण रूपमा परिवर्तनको मूडमा छन्।

दिलीप घोषले बताए, उनले प्रत्येक बिहान प्रातः भ्रमण अवधि सर्वसाधारण मानिसहरूसित भेट गरी उनीहरूको समस्या सुन्ने गर्दछन्। उनीहरूले विरोधी तथा भ्रष्टाचारविरूद्ध खुलेर आवाज उठाइरहेका छन् र आगामी दिनमा पनि उठाउनेछन्। घोषानुसार यसपालि उनको लक्ष्य सांसद निधि र सीएसआर फण्डको माध्यमबाट विकास कार्यहरूलाई गति दिएर “नयाँ खड़गपुर” निर्माण गर्नु हो।

उनले भने, उनका प्राथमिकताहरूमा शहरलाई माफिया र भ्रष्टाचारदेखि मुक्त गराउनु, आधुनिक जल निकासी व्यवस्थालाई विकसित गर्नु, स्वच्छ औ प्रदूषणमुक्त वातावरण बनाउनु, प्रत्येक घरमा शुद्ध पिउने पानी पुऱ्याउनु, युवाहरूको लागि रोजगार र कौशल विकासको अवसर बढ़ाउनु, सड़कहरूको स्थिति सुधार्नु, महिलाहरूको सम्मान, आम जनताका अदिकारीहरूको रक्षा गर्नु अनि खड़गपुरको विविध संस्कृतिलाई संरक्षित गर्नु सामेल छन्।

घोषले भने, उनले नरेन्द्र मोदीको नेतृत्वमा जनतासित समर्थन र आशीर्वादको अपील गरिरहेका छन्। उनको सन्देश स्पष्ट छ—“परिवर्तनको आवश्यकता” र “भाजपा सरकार”। उ

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande