पोस्टर विवादमा चारजना आरोपीहरू समातिए
पोस्टर विवादमा चारजना आरोपीहरू समातिए


सिलगढ़ी, 09 अप्रेल (हि.स.)। नक्सलबाड़ीकोरायपाड़ाक्षेत्रमा पोस्टर च्यातिएको मामिलामा पुलिसले तृणमूल कंग्रेस र भाजपा दुवै दलका चारजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा भाजपाका दीप्त रायर सागर रायअनितृणमूलकावशिष्ठ प्रसादर सन्तु रा सामेल छन्। वास्तमा बितेरातीरायपाड़ा क्षेत्रमा तृणमूल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा)-बीच पोस्टरच्यातेको विषयलाई लिएर चर्को विवाद भयो।

आरोप छ, तृणमूलकोपोस्टर च्यातिएपछि दुवै दलबीच हातपात शुरू भयो जसमा दुवै पक्षका केही मानिसहरू घाइते भए। घटनापछि क्षेत्रको स्थिति तनाउपूर्ण भएको छ।स्थिति बिग्रिंदै गएपछि पुलिस र केन्द्रिय बलहरूले संयुक्त अभियान संचालन गरी स्थितिलाई नियन्त्रण गरे।

अबेर रातिसम्म खोजी अभियान संचालन गरी पुलिसले उक्त मामिलामा दुवै पक्षका चारजना मानिसहरूलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीहरूविरूद्ध बीएनएसकाविभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ। क्षेत्रमा हाल पुलिसले निगरानी बढ़ाएको छ। स्थिति पनि नियन्त्रित रहेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande