
मेदिनीपुर, 09 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुरको केशियाड़ी क्षेत्रमा बिहीवार एक पीड़ादायी दुर्घटना भयो जसमा घरको भित्ता भत्केर एकजना गृहशिक्षकको मृत्यु भयो भने अर्को व्यक्ति गम्भीर रूपमा घाइते भए।
मृतकको पहिचान बिमल पात्रको रूपमा भएको छ जो पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी ब्लक अन्तर्गत आगरपाड़ा क्षेत्र निवासी थिए भने क्षेत्रमा गृहशिक्षकको रूपमा परिचित थिए।
स्थानीय सूत्र अनुसार हालमा परिरहेको पानीले गर्दा एउटा घरको भित्ता अचानक कमजोर भएर भत्कियो। त्यसबेला बिमल पात्र र अर्को व्यक्ति त्यहीँ उपस्थित थिए। भित्ताका अवशेषहरूमा पुरिएर दुवै गम्भीर रूपमा घाइते भए।
घटनापछि छिमेकीहरूले तुरून्तै दुवैलाई बाहिर निकालेर नजिकैको स्वास्थ्य केन्द्रमा पऱ्याए जहाँ चिकित्सकहरूले बिमल पात्रलाई मृत घोषित गरिदिए भने घाइते व्यक्तिको उपचार भइरहेको छ।
अचानक घटेको घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। स्थानीय मानिसहरूको भनाइ छ, खराब मौसमको कारणले भित्ता कमजोर भएको थियो जसले गर्दा यो दुर्घटना भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा