
लखनऊ, 09 अप्रेल (हि.स.)। बिहिवार बिहान उत्तर प्रदेशको राजधानी लखनऊको काकोरी थाना क्षेत्रको मदारपुर गाउँका निवासी रफिकले लगभग 35 वर्षीया एक अज्ञात महिलाको शव खेतमा पल्टिएको फेला पारे। गाउँलेहरूले यसको जानकारी पुलिसलाई दिए।
इब्राहिमगंज गाउँका प्रमुख शकील अनुसार, शवको अवस्था हेर्दा महिलाले आक्रमणकारीहरूबाट बच्न संघर्ष गरेको हुनुपर्छ भन्ने देखिन्छ। उनको शरीरमा धेरै गम्भीर चोटपटक पनि लागेको छ।
स्थानीय बासिन्दाहरूबाट जानकारी पाएपछि एडीसीपी धनंजय कुशवाहा, काकोरी, पारा र दुबग्गा पुलि थानाका पुलिस सहित घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्। फोरेन्सिक टोलीले पनि प्रमाण जुटाइरहेको छ।
पुलिसले शवलाई आफ्नो कब्जामा लिएको छ र पोस्टमार्टमको लागि पठाएको छ र महिलाको पहिचान गर्ने प्रयास भइरहेको छ। एडीसीपी धनंजय कुशवाहा अनुसार, घटनाको छिट्टै समाधान हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी