लाचेनमा फसेका पर्यटकहरूको उद्धार कार्य पूरा, पर्यटकहरू गान्तोकतर्फ प्रस्थान
पर्यटकहरूको उद्धार कार्य पूरा


पर्यटकहरूको उद्धार कार्य पूरा


मङ्गन, 09 अप्रेल (हि.स.)। उत्तर सिक्किमको लाचेनमा फसेका सबै पर्यटकहरूको उद्धार कार्य पूरा भएको छ। पर्यटकहरूले तारम छुमा निर्माण गरिएको अस्थायी फुटब्रिज पार गरेपछि उनीहरू गान्तोकतर्फ प्रस्थान गरेका छन्।

सबै पक्षहरूको समन्वित प्रयासपछि लाचेनबाट सबै पर्यटकहरूको उद्धार कार्य आज सफलतापूर्वक सम्पन्न भएको छ। मन्त्री तथा क्षेत्र विधायक साम्डुप लेप्चा तारम छुमा उपस्थित भई अस्थायी फुटब्रिजमार्फत पर्यटकहरूको स्थानान्तरण कार्यको प्रत्यक्ष अनुगमन गरेका थिए। पर्यटकहरूको निकासी कार्य मङ्गन जिल्लाका जिल्लापाल अनन्त जैन, सेना, बीआरओ, लाचेन जुम्सा र पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको सक्रिय समन्वयमा सञ्चालन गरिएको थियो।तारम छुदेखि चुङथाङ हुँदै गान्तोकसम्म पर्यटकहरूलाई लैजान विशेष बस तथा पर्यटक सवारी साधनहरूको व्यवस्था गरिएको थियो। जिल्लापाल, पुलिस अधीक्षक तथा जिल्ला प्रशासनको टोली तारम छुमा खटिएर पर्यटकहरूको सुरक्षित स्थानान्तरण सुनिश्चित गरिरहेका थिए भने मङ्गनका एडीसी, एसडीएम र आरटीओ तथा उनीहरूको टोलीले चुङथाङ सार्वजनिक मैदानमा यात्रा व्यवस्थापनको समन्वय गरेका थिए।तारम छुमा उद्धार प्रक्रिया सम्पन्न भएपछि मन्त्री लेप्चाले भारतीय सेना र बीआरओका अधिकारीहरूसँग भेटघाट गरी उनीहरूको निरन्तर प्रयासका लागि धन्यवाद व्यक्त गरे। साथै उनले पर्यटकहरूसँग पनि भेटघाट गर्दै उनीहरूको गन्तव्यतर्फको यात्राको शुभकामना व्यक्त गरे।मन्त्रीले जिल्ला प्रशासन तथा उद्धार कार्यमा संलग्न सबै निकायहरूलाई धन्यवाद दिँदै प्रतिकूल मौसम र व्यवस्थापनसम्बन्धी चुनौतीहरूका बावजुद पनि सामुहिक प्रयास र सामुदायिक भावनाका कारण अभियान सफल भएको बताए।उल्लेख्य, तारम छु नजिक पैह्रोले सड़कको ठूलो भाग ध्वस्त बनाएपछि लाचेनसँग सम्पर्क टुटेको थियो। पैह्रोका कारण सवारी साधनहरूको आवागमन ठप्प भएपछि लाचेन घुम्न गएका पर्यटकहरू फसेका थिए। तारम छुमा भारतीय सेनाको सहयोगमा एउटा अस्थायी फुटब्रिज निर्माण गरिएपछि पर्यटकहरूको उद्धार कार्य तीव्र बन्यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande