
कोलकाता, 09 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री औ तृणमूल कंग्रेसकी प्रमुख ममता ब्यानर्जी फेरि यसपालि भवानीपुर विधानसभा सीटबाट चुनाउ मैदानमा उत्रेकी छन्। चुनावी शपथ पत्रमा उनले दाबी गरेकी छन्, लगातार 15 वर्षदेखिको मुख्यमन्त्रीको पदमा बसे पनि उनको जीवनशैली अत्यन्त साधारण रहिआएको छ।
गए बुधवार ममता ब्यानर्जीले कालीघाटस्थित आफ्नो आवासबाट ऱ्याली निकालेर अलिपुरको सर्वे भवनसम्म पदयात्रा गरिन् अनि त्यहाँ पुगेपछि उनले आफ्नो नामांकन पत्र दर्ता गराइन्। नामांकनसितै जमा गरिएको शपथ पत्रमा उनले आफ्नो आय, सम्पत्ति, ब्यांक जमा, गहना र शैक्षणिक योग्यता सहित सबै विवरण प्रस्तुत गरिन्।
शपथ पत्र अनुसार ममता ब्यानर्जीको मोठ अचल सम्पत्ति 15 लाख 37 हजार 509 रुपियाँ 71 पैसा छ भने उनीसित कुनै चल सम्पत्ति छैन। उनको नाममा एउटा वाहन पनि दर्ता छैन। यस अतिरिक्त उनको नाममा न त कृषि भूमि छ न त कुनै गैर-कृषि भूमि नै छ। यहाँसम्म कि उनको नाममा कुनै आवासीय घर पनि छैन। उनले कुनै प्रकारको ऋण पनि लिएकी छैनन्।
दिइएको विवरण अनुसार वित्त वर्ष 2024-25 मा उनको मोठ आय 23 लाख 21 हजार 570 रुपियाँ छ भने वित्त वर्ष 2023-24 मा उनको आय 20 लाख 72 हजार 740 रुपियाँ थियो। यसरी नै वित्त वर्ष 2021-22 मा उनको आय 38 लाख 14 हजार 410 रुपियाँ दर्ता गरिएको थियो भने वित्त वर्ष 2020-21 मा उनको आय 15 लाख 47 हजार 845 रुपियाँ थियो।
नामांकन पत्र दर्ता गराउँदासम्म उनीसित 75 हजार 7 सय रुपियाँ नगद थियो। इण्डियन ब्यांकमा उनको एउटा व्यक्तिगत खाता छ जसमा 12 लाख 36 हजार 209 रुपियाँ 71 पैसा जमा छ।
चुनावी खर्चको लागि त्यै ब्यांकमा एउटा भिन्नै खाता छ जसमा 40 हजार रुपियाँ राखिएको छ। यसरी नै ब्यांक खातामा उनको मोठ जमा राशि 12 लाख 76 हजार 209 रुपियाँ 71 पैसा छ।
वित्त वर्ष 2025-26 मा उनलाई 40 हजार 600 रुपियाँ टीडीएस रिफण्डको रूपमा प्राप्त भयो। गहनाको रूपमा उनीसित 9 ग्राम 750 मिलीग्रामको सुन छ ज सको अनुमानित मूल्य 01 लाख 45 हजार रुपियाँ रहेको बताइएको छ।
शपथपत्र अनुसार उननले वर्ष 1977 मा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तरको पढ़ाई पूरा गरिन् जसको परीक्षा वर्ष 1997-मा भएको थियो। त्यसपछि वर्ष 1982-मा जोगेशचन्द्र चौधुरी ल कलेजबाट विधि स्नातकको डिग्री हासिल गरिन्।
दर्ता दस्तावेजहरू अनुसार उनीविरूद्ध कुनै आपराधिक मामिला दर्ता छैन न त उनलाई कुनै आपराधिक मामिलामा दोषी ठहराइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा