मतदाता सूचीलाई लिएर ममता ब्यनर्जीको आरोप, भाजपामाथि प्रत्याक्रमण
मतदाता सूचीलाई लिएर ममता ब्यनर्जीको आरोप, भाजपामाथि प्रत्याक्रमण


कोलकाता, 09 अप्रेल (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार आरोप लगाइन्, विशेष गहन पुनरीक्षण अवधि भारतीय जनता पार्टी (भाजपा)-ले 90 लाखभन्दा अधिक मतदाताहरूको नाम मतदाता सूचीबाट हटाएको छ ताकि आगामी विधानसभा चुनाउलाई प्रभावित पार्न सकियोस्। उनले भने, उनको पार्टीले यस मामिलामा अदालतमा चुनौती दिनेछ। उनले पुनः सत्तमा फर्किने पूर्ण भरोसा पनि व्यक्त गरिन्।

उत्तर 24 परगना जिल्ला अन्तर्गत मिनाखाँको हाड़ोया सर्कस मैदानमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै ममता ब्यनर्जीले दाबी गरिन्, व्यापक रूपमा नाम हटाएर चुनावी सन्तुलनलाई बिगार्ने प्रयाास गरिएको छ। उनले भनिन्, तपाईहरूले बंगालमा सत्ता हासिल गर्नको लागि 90 लाखभन्दा अधिक मानिसहरूको नाम हटाइदिनु भएको छ, तर पनि हाम्रो जीत हुनेछ।

उनले यो पनि भनिन्, उनको सरकारले कानूनी कदम उठाएर यो सुनिश्चित गर्नेछ कि हटाइएका योग्य मतदताहरूको नाम पुनः सूचीमा सामेल गराइयोस्।

यता प्रधानमन्त्री नरेन्द्र मोदीले तृणमूल कंग्रेसमाथि चर्को हमला गर्दै राज्य सरकारलाई निर्मम सरकार बताए। एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, पश्चिम बंगालमा भाजपाको पक्षमा जनसमर्थन बढ़िरहेको छ जुन राजनीतिक परिवर्तनको संकेत हो।

प्रधानमन्त्रीले वर्ष 2021- को विधानसभा चुनाउको उल्लेख गर्दै विशेष रूपमा नन्दीग्राम सीटमा शुभेन्दु अधिकारीहरूको ममता ब्यनर्जीमाथि जीतको उल्लेख गरे। उनले भने, त्योबेला देखिएको परिवर्तन अब सारा राज्यभरि नै फेलिनेवाला छ। मेदिनीपुर र नन्दीग्रामले जुन बाटो देखाएको थियो अब बंगाल त्यै दिशामा अग्रसर भइरहेको छ। जुन त्यहाँ भयो त्यै भवानीपुर र अन्य क्षेत्रहरूमा पनि दोदहोरिनेछ।

294 सदस्यीय पश्चिम बंगाल विधानसभाको लागि आगामी 23 र 29 अप्रेल गरी दुई चरममा मतदान हुनेछ भने मतगणना 4 मईमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande