भाजपा सिक्किम र एसकेएमद्वारा सृजना छेत्रीको पक्षमा संयुक्त चुनाउ प्रचार शु रु
Election campaign


गान्तोक, 09 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले नगरपालिका चुनाउका लागि आज गान्तोक नगर निगमअन्तर्गत वार्ड नम्बर १० (डीपीएच) मा संयुक्त चुनावी अभियान शुरु गरेको छ। यस अभियानको औपचारिक शुरुवात गठबन्धनकी उम्मेदवार सृजना छेत्रीको समर्थनमा डीपीएच वार्डमा स्थापना गरिएको चुनावी कार्यालय उद्घाटनसँगै गरिएको हो।

उद्घाटन समारोहमा दुवै दलका वरिष्ठ नेता तथा पदाधिकारीहरूको उपस्थिति रहेको भाजपा सिक्किमले बताएको छ। कार्यक्रममा सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया, भाजपा राज्य महासचिव अर्जुन राई, राज्य सचिव निरेन भण्डारी, एसकेएम नारी शक्ति सीएलसी अध्यक्ष जनज्योति गुरुङ, वार्ड अध्यक्ष कर्म भोटिया लगायत दुवै गठबन्धनका कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

सृजना छेत्रीको समर्थनमा संयुक्त अभियान शुरु भएसँगै अब वार्डभरि समन्वित घरदैलो अभियान सञ्चालन गरिने घोषणा गरिएको छ। यो अभियान दिगो विकास हासिल गर्ने, जनकल्याण सुनिश्चित गर्ने तथा केन्द्र र राज्य सरकारबीचको समन्वय (डबल इन्जिन सरकार) मार्फत वार्ड नम्बर १० लाई नमूना वार्डमा रूपान्तरण गर्ने स्पष्ट लक्ष्यसहित अघि बढाइने बताइएको छ।

कार्यक्रमका क्रममा एसकेएमका उम्मेदवार अभिषेक शर्मालाई गठबन्धनको सम्मान गर्दै सृजना छेत्रीलाई समर्थन गरेकोमा सम्मानित गरियो। भाजपा र एसकेएम दुवैका नेताहरूले गठबन्धनको संयुक्त प्रयासले डीपीएच वार्डका जनताको आकांक्षाहरू पूरा गर्दै ठोस विकास ल्याउने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande