नागाल्याण्डको कोरिडांग उपचुनाउमा अपरान्ह एक बजेसम्म 59.52 प्रतिशत मतदान
नागाल्याण्डको कोरिडांग उपचुनाउमा अपरान्ह एक बजेसम्म 59.52 प्रतिशत मतदान


कोहिमा, 09 अप्रेल (हि.स.)। नागाल्याण्डको कोरिडांग विधानसभा सीटमा भइरहेको उपचुनाउमा मतदानको प्रक्रिया शुरू हुनसाथ द्रूत गतिमा मतदान भयो। चुनाउ आयोगद्वारा जारी आँकड़ा अनुसार अपरान्ह एक बजेसम्ममा मतदानको प्रतिसत 59.52 रह्यो। मतदान बिहान 7 बजेदेखि शुरू भयो। चुनाउ आयोगले बतायो, भोटरहरूको उपस्थितिसँगसँगै यो बिस्तारै अगाड़ि बढ़्दै गयो।

यो उपचुनाउ भाजपा विधायक इमकोंग एल इमचेनको मृत्यु भएपछि भइरहेको छ। उपचुनाउमा दुईजना उम्मेद्वारहरूले विशेष ध्यान आकर्षण गराएका छन् जसमा भाजपा उम्मेद्वार दाओचियर आई इमचेन जो दिवंगत विधायक इमकोंग एल इमचेनका छोरा हुन अनि कंग्रेस उम्मेद्वार टी चालुकुंबा एओ सामेल छन्।

प्रशासनले निष्पक्ष तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि व्यापक कदम उठाएको छ। सहजै भोटिंग सुनिश्चित गर्नको लागि पुख्ता प्रबन्ध गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande