प्रधानमन्त्रीको सभापूर्व हेलिप्याडमा हेलिकप्टरको ल्याण्डिंग ट्रायल पूर्ण, सभास्थल छाउनीमा परिणत
प्रधानमन्त्रीको सभापूर्व हेलिप्याडमा हेलिकप्टरको ल्याण्डिंग ट्रायल पूर्ण, सभास्थल छाउनीमा परिणत


आसनसोल, 09 अप्रेल (हि. स.)। आसनसोलमा प्रधानमन्त्री नरेंद्र मोदीको प्रस्तावित जनसभाका सबै तयारीहरू पूर्ण रूपमा अन्तिम चरणमा पुगेको छ। गए बुधवार सुरक्षा तथा व्यवस्थाको जायजा लिनको लागि हेलिकप्टर ट्रायल पनि सफलतापूर्वक सम्पन्न गरियो जसबाट प्रशासनले राहत महसूस गरेको छ।

प्रारम्भमा पोलो ग्राउण्डस्थित सीसी मैदानमा हेलीप्याड बनाइएको थियो, तर ट्रायल अवधि केही तकनिकी बाधा आइलागेपछि लोको ग्राउण्डमा नयाँ हेलिप्याड तयार गरियो जहाँ साँझ हेलिकप्टरलाई सुरक्षित ल्याण्डिंग गराइयो। यसको साथै प्रधानमन्त्रीको आगमन र उनको लस्करलाई लिएर पनि व्यापक स्तरमा मक ड्रिल तथा सुरक्षा अभ्यास गरियो।

प्रधानमन्त्रीको दौड़ाहलाई लिएर स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी)-ले सभास्थलदेखि हेलिप्याडसम्म सम्पूर्ण क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। शहरको कुना-काप्चामा एसपीजी तथा पुलिस बललाई तैनाथ गरिएको छ। यसपूर्व एसपीजीका वरिष्ठ अधिकारीहरूले आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका आयुक्त डा. प्रवीण कुमारसित समन्वय बैठक गरी सुरक्षा व्यवस्थाको विस्तृत समीक्षा गरेको थियो जसपश्चात शहरभरि नै सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ।

सभास्थल जुन पोलो ग्राउण्डस्थित आसनसोल स्टेडियममा बनाइएको छ,- लाई पूर्ण रूपमा हाई सिक्टोरिटी जोनमा परिणत गरिएको छ। पोलो ग्राउण्डदेखि लिएर सभास्थलसम्म प्रधानमन्त्रीको लस्कर गुज्रिने मार्गको दुवैतिर ब्यारिकेडिंग गरिएको छ ताकि भीड़लाई नियन्त्रण गर्न सकियोस्। यस व्यवस्था अन्तर्गत मानिसहरूले प्रधानमन्त्रीको एक झलक त हेर्न सक्नेछन्, तर सुरक्षा दूरत्वलाई पूर्ण रूपमा काम राखिनेछ।

प्रधानमन्त्रीको लस्कर लोको ग्राउण्डदेखि कोर्ट रोड हुँदै पोलो ग्राउण्डस्थित सभास्थलसम्म पुग्नेछ। आसनसोल स्टेडियममा जनसभाको लागि व्यापक स्तरमा तयारी गरिएको छ जहाँ आम मानिसहरूको लागि तीन वटा विशाल ह्याङ्गर पण्डाल बनाइएको छ। सभास्थलभित्र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)-का जवानहरूलाई तैनाथ गरिएको छ।

सम्पूर्ण आसनसोल स्टेडियम र यस वरपरका क्षेत्रहरूलाई सुरक्षाको दृष्टिले छाउनीमा परिणत गरिएको छ। प्रशासनको दाबी छ, प्रधानमन्त्रीको दौड़ाहलाई शान्तिपूर्ण तथा सुरक्षित बनाउनको लागि हरेक आवश्यक व्यवस्था गरिएको छ जसबाट कार्यक्रम कुनै बाधा बिनै सफलतापूर्वक सम्पन्न हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande