पोस्टर विवादः टीएमसी र बीजेपी कार्कर्ताहरू आपस्तमा भिड़िए
पोस्टर विवादः टीएमसी र बीजेपी कार्कर्ताहरू आपस्तमा भिड़िए


सिलगढ़ी, 09 अप्रेल (हि.स.)। चुनाउअघि नक्सलबाड़ीको शान्त माहोल अचानक हिंसाको चपेटमा पऱ्यो। गए बुधवार राती रायपाड़ा क्षेत्रमा तृणमूल कंग्रेसको पोस्टर च्यातेको विषयलाई लिएर भारतीत जनता पार्टी (बीजेपी) र तृणमूल कंग्रेस (टीएमसी)-का कार्यकर्ताहरूबीच झड़प भयो। हेर्दा-हेर्दै विवाद बढ़ेर दुवै पक्षमाझ हातपात शुरू भयो जसमा धेरैजना मानिसहरू घाइते भए।

स्थानीय सूत्र मुताविक क्षेत्रमा टाँसिएका टीएमसीका पोस्टरहरूलाई बीजेपी कार्यकर्ताहरूले च्यातिदिए। यसको विरोध गर्न पुगेका टीएमसी कार्कर्ताहरूसित पहिला बहस भयो जुन पछि हिंसक झड़पमा परिणत भयो। दुवै पक्षको दाबी छ, यस घटनामा बीजेपीका आठजना अनि टीएमसीका तीनजना कार्यकर्ताहरू घाइते भएका छन्। सबै घाइतेहरूलाई नक्सलबाड़ी ग्रामीण अस्पतालमा भर्ती गरिएको छ।

घटनाको खबर पाउनसाथ बीजेपी उम्मेद्वार आनन्दमय बर्मन अस्पतालमा पुगे जहाँ टीएमसी कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्न शुरू गरे। यसको जवाफमा बीजेपी समर्थकहरूले पनि नाराबाजी गरे। केही समयपछि टीएमसी उम्मेद्वार शंकर मालाकार पनि अस्पतालमा पुगे जसबाट त्यहाँको माहोल झन् तनाउपूर्ण भयो।

टीएमसीका कोअर्डिनेटर अरुण घोषले घटनाको निन्दा गर्दै बीजेपीमाथि क्षेत्रको माहोल खलबलाएको आरोप लगाए भने टीएमसी उम्मेद्वार शंकर मालाकारले चेताउनी दिए, अब पनि पोस्टर च्यातिए कार्यकर्ताहरूले कड़ा प्रतिक्रिया दिनेछन्।

यता बीजेपी उम्मेद्वार आनन्दमय बर्मनले सबै आरोपहरूलाई अस्वीकार गर्दै भने, टीएमसीले ‘बायकट बीजेपी’ -को अवैध पोस्टर टाँसेको थियो जसलाई नष्ट पार्न गएका उनका कार्यकर्ताहरूमाथि हमला गरियो।

स्थितिलाई नियन्त्रण गर्नको लागि नक्सलबाड़ी थानाको पुलिस बललाई ठूलो संख्यामा तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande