बेमौसम वर्षाले गोघाटका किसानहरू ठूलो संकटमा
बेमौसम वर्षाले गोघाटका किसानहरू ठूलो संकटमा


हुगली, 09 अप्रेल (हि.स.)। हुगली जिल्ला अधिनस्थ गोघाटको विस्तृत क्षेत्रमा बेमौसम घना वर्षाले किसानहरूको समस्या बढ़ाइदिएको छ। लगातार प्राकृति आपदा तथा बजारमा फसलहरूको उचित मूल्य नपाएका कारम क्षेत्रका किसानहरूले गम्भीर आर्थिक संकटको सामना गरिरहेका छन्। उल्लेखनीय छ, गए बुधवार रातीदेखि परेको पनी बिहीवार बिहानसम्म परि नै रह्यो।

स्थानीय किसानहरू अनुसार हालैमा उनीहरूलाई आलुको खेतीमा ठूलो नोक्सान झेल्नुपऱ्यो। उत्पादन भए पनि उनीहरूले लागत मूल्यसम्म पाउन सकेनन् जसले गर्दा केही किसानहरू ऋणको बोझमा दबिएका छन्।यस स्थितिदेखि माथि उक्लिनको लागि केही किसानहरूले यस सीजनमा तिल र विभिन्न सब्जीहरूको खेतीलाई विकल्पको रूपमा अप्नाएका थिए।

तर अचानक भएको अविरल वर्षाले तिल र सब्जीहरूको फसललाई पनि नराम्रो गरी प्रभावित पारेको छ। खेतीमा पानी भरिएर फसल कुहिन थालेको छ भने उत्पादनमाथि गम्भीर खतरा मड़ारिरहेको छ। केही गाउँका खेतहरूमा घुँड़ा-घुँड़ासम्म पानी जमिएको छ।

किसानहरूले नाली काटेर जल निकासीको व्यवस्था गर्ने चेष्टा गरिरहेको भए पनि लगातार पानी परिरहेकोले यो प्रयास पनि अधिकांश स्थानहरूमा असफल साबित भइरहेका छन्। तिल किसानहरूो भनाइ छ, यो समयमा अत्यधिक पानी तिलको फसलको लागि अत्यन्त हानिकारक हुन्छ जसबाट उत्पादनमा ठूलो ह्रास आउने आशंंका छ। छ। त्यसरी नै लौका, झिंगेनी र बैगुन जस्ता सब्जीहरूको फसल पनि द्रूत गतिमा बिग्रिँदि गइरहेको छ जसबाट बजारमा सब्जीहरूको आपूर्ति प्रभावित हुनसक्छ।

यस गम्भीर स्थितिलाई मध्यनजर गर्दै किसानहरूले प्रशासनसित चाँड़ै नोक्सानको मूल्यांकन गरेर उचित क्षतिपूर्ति दिने माग गरेका छन्। साथै भविष्यमा यस्तो प्राकृतिक आपदाको सामना गर्नको लागि किसानहरूलाई श्रेष्ठ सहयोग अनि बीमा सुविधाहरूलाई सरल बनाउने माग पनि गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande