बिहान मतदात शुरू हुनसाथ केही उम्मेद्वारहरूले मतदान गरे
बिहान मतदात शुरू हुनसाथ केही उम्मेद्वारहरूले मतदान गरे


गुवाहाटी, 09 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ- 2026 को लागि आज बिहान सात बजेदेखि मतदान प्रक्रिया शुरू भयो। मतदान शुरू हुनसाथ विभिन्न भागहरूमा मतदाताहरूको लामो ताँत देखियो। साथै मानिसहरूलाई उत्साहित पनि देखियो।

नगाउँमा कंग्रेस नेता तथा दिसपुरबाट भाजपा प्रत्याशी प्रद्युत बरदलैले आफ्नो मतदान गरे भने माजुलीबाट भाजपा उम्मेद्वार भुवन गाम अनि चाबुआ-लाहोवालबाट भाजपा प्रत्याशी विनोद हयारिकाले पनि आफ्नो मताधिकारको प्रयोग गरे।

धेमाजीको पश्चिम गोगामुखमा शिक्षामन्त्री डा. रणोज पेगूले मतदान गरेपछि बाहिर निक्लेर मतदान केन्द्रमा उभिएका सबै मतदाताहरूसित मतदान गर्ने अपील गरे। मध्य गुवाहाटीबाट भाजपा उम्मेद्वार विजय गुप्ता, एजेपी उम्मेद्वार कुंकी चौधरीले पनि मतदान गरे।

पैदल हिंड़ेरै मतदान केन्द्रमा पुगेका खुमटाईबाट भाजपा उम्मेद्वार मृणाल सैकियाले पनि आफ्नो मताधिकारको प्रयोग गरे। विभिन्न मतदान केन्द्रहरूमा लामो पंक्ति देखिँदै जसले लोकतन्त्रप्रति मानिसहरूको जागरूकता र उत्साहलाई दर्शाउँछ।

तामुलपुरमा असम विधानसभाका अध्यक्ष बिश्वजीत दैमारीले पनि मतदान गरी मानिसहरूलाई मतदान प्रक्रियामा भाग लिने आह्वान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande