
गान्तोक, 09 अप्रेल (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम महिला परिषदको समन्वय सभा आज पार्टीको महिला परिषदकी उपाध्यक्ष सुमती छेत्रीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। सभामा सिक्किमको गेजिङ जिल्ला स्तरीय महिला परिषद अन्तर्गत जिल्ला कार्यकारिणी समितिमा बुद्ध हाङमा लिम्बू, कुमारी छेत्री र रेमुना छेत्रीलाई नियुक्त गरियो।
आफ्नो अध्यक्षीय सम्बोधनमा सुमती छेत्रीले नारी सशक्तीकरणका लागि नारी चेतनाको अत्यन्त आवश्यकतामाथि जोड दिइन्। उनले महिलाहरूलाई साना–साना योजनाहरूमा अल्झाएर उनीहरूका गम्भीर मुद्दामा सरकार मौन रहेको आरोप लगाउॅंदै सम्पूर्ण न्याय र अधिकार सुनिश्चित गर्नका लागि व्यवस्थागत परिवर्तन अपरिहार्य रहेको बताइन्। उनले यस दिशामा सिटिजन एक्सन पार्टी, सिक्किमको महिला परिषद पूर्ण रूपमा रणनीतिसहित अघि बढ्न तयार रहेको बताइन्।
कार्यक्रमलाई बिना शर्मा, कला सुवेदी, अर्पणा राई, सन्जु राई लगायतका नेतृहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा राज्यमा महिला सशक्तीकरणसम्बन्धी गहिरो चिन्तन र बहस गरिएको महिला परिषदकी उपाध्यक्ष दिलमति लिम्बूले आज प्रेस विज्ञप्तिमा बताएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल