प्रचारको क्रममा तृणमूल प्रत्याशीले भाजपा कार्यकर्तालाई अंकमाल गरे
प्रचारको क्रममा तृणमूल प्रत्याशीले भाजपा कार्यकर्तालाई अंकमाल गरे


जलपाईगुड़ी, 09 अप्रेल (हि.स.)। चुनावी माहोलबीच राजगञ्ज विधानसभा क्षेत्रमा राजनीतिक सौहार्दको भिन्नै तस्वीर देख्न पाइयो। तृणमूल कंग्रेस प्रत्याशी स्वप्ना बर्मले प्रचार अवधि भाजपाकी एकजना पञ्चायत सदस्यसित भेट गरी आपसी सौहार्दको सन्देश दिइन्।

बिहिवार प्रचारको क्रममा स्वप्ना बर्मन बिन्नागुड़ी ग्राम पञ्चायतको सेल्टरबाड़ी क्षेत्रमा पुगिन् जहाँ उनले जनतासित बातचित गरी उनीहरूको समस्या सुने अनि चुनावी जनसम्पर्क गरिन्।

यसै अवधि उनको भेट भाजपाकी पञ्चायत सदस्य बबिता मण्डलसित भयो। राजनीतिक मतदभेद भए पनि दुईबीच सौहार्द देख्न पाआइयो। दुवैले मुस्कुराउँदै एका-अर्कासित बातचित गरे अनि अङ्गालो हालेर शुभकामना साटासाट गरे। राजनीतिक जानकारहरूको मान्यता छ, चुनावी माहोलमा यस किसिमको सौहार्द र आपसी सम्मानले लोकतन्त्रको सकारात्मक तस्वीर पेश गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande