भाजपाले कामको आधारमा जित्न सक्दैन,‘चोरी’ बाट आफूलाई बचाउन चाहन्छ: गौरव गोगोई
भाजपाले कामको आधारमा जित्न सक्दैन,‘चोरी’ बाट आफूलाई बचाउन चाहन्छ: गौरव गोगोई


गुवाहाटी, 02 मई (हि.स.)। असम प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईले विधानसभा चुनाउको मतगणना हुनअघि स्ट्रङ्ग रूमको सुरक्षालाई लिएर भारतीय जनता पार्टी (भाजपा) र चुनाउ आयोगमाथि गम्भीर आरोप लगाएका छन्। आज विपक्षी दलहरूद्वारा आयोजित भोजमा भाग लिएपछि पत्रकारहरूसित बातचित गर्दै गोगोईले दाबी गरे, राज्यका कतिपय स्थानहरूमा भाजपा कार्यकर्ताहरूलाई स्ट्रङ्ग रूमभित्र जाने अनुमति दिरहेको छ भने मतदान अवधि पनि उनीहरू त्यहाँ उपस्थित थिए। उनले भने, यो स्थिति लोकतन्त्रको लागि गम्भीर खतरा हो साथै चुनाउ आयोगको भूमिकामाथि पनि प्रश्न उठाउँछ।

उनले आरोप लगाए, भाजपा आफ्नो कामको आधारमा चुनाउ जित्न सक्षम छैन तथा “चोरीको माध्यमबाट आफूलाई बचाउने” प्रयास गरिरहेको छ। गोगोईले भने, विपक्षी दलहरूले लगातार यस मुद्दालाई उठाइरहेका छन्।

अन्य राज्यलाई आधारको रूपमा पेश गर्दै उनले भने, स्ट्रङ्ग रूमको सुरक्षामा खटिएका कर्मीहरूको निष्पक्षतालाई लिएर पनि प्रश्न उठिरहेको छ। यस अतिरिक्त उनले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई लक्षित गर्दै आरोप लगाए, पुलिस प्रशासनलाई विपक्षी नेताहरूविरूद्ध उपयोग गरिरहेको छ जबकि राज्यमा नशाको समस्या गम्भीर भएको छ।

एग्जिट पोटलाई लिएर गोगोईले उनलाई “टीआरपी आधारित” बताउँदै खारेज गरिदिए अनि भने, भयपूर्ण वातावरण भएको कारणले कतिपय मतदाताहरूले आफ्नो कुरा खुलेर राख्न सकिरहेका छैनन्। उनले यो पनि दाबी गरे, भाजपा र उसका सहयोगी दलहरूभित्र राजनीतिक बदलाउ शुरू भइसकेको छ। मानिसहरू कङ्ग्रेस तर्फ ढल्किरहेका छन्।

सुप्रीम कोर्टद्वारा कङ्ग्रेस नेता पवन खेड़ालाई अग्रिम जमानत दिइएकोमा प्रतिक्रिया व्यक्त गर्दै गोगोईले भने, यो दुर्भाग्यपूर्ण छ कि असमका मुख्यमन्त्रीसित सम्बन्धित बयान देशको सर्वोच्च अदालतमा यसरी उठ्यो जसबाट राज्यको छवि प्रभावित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande