नगाउँमा मतगणनापूर्व निषेधाज्ञा लागू
नगाउँमा मतगणनापूर्व निषेधाज्ञा लागू


नगाउँ (असम), 2 मई (हि.स.)। असमको नगाउँ जिल्लामा विधानसभा चुनाउ 2026 को मतगणनालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले शान्ति अनि कानून व्यवस्थालाई कायम राख्नको लागि धारा 163, बीएनएसएस अन्तर्गत निषेधाज्ञा लागू गरिदिएको छ।

जिल्लाधिकारी देवाशिष शर्माद्वारा जारी आदेश अनुसार नगाउँ सरकारी ब्वोइज़ एचएस स्कूल, नगाउँ सरकारी गर्ल्स एचएस स्कूल तथा डसन एचएस एवं एमपी स्कूलको 100 मीटरको घेरासम्म पाँच जना वा त्योभन्दा अधिक मानिसहरू भेला भएर बस्नमाथि प्रतिबन्ध लगािएको छ। यस क्षेत्रलाई पैदल क्षेत्र घोषित गरिएको छ।

आदेशमा पटाकाहरूको उपयोग र बिक्रीमाथि निर्धारित सीमाभन्दा अधिक ध्वनि भएका पटाकाहरूमाथि रोक, हवाई पटाकाहरूको उपयोगमाथि प्रतिबन्ध, बिना अनुमति विजय जुलूस निकाल्ने तथा बिना अनुमति लाउडस्पीकर उपयोग गर्नेमाथि पनि प्रतिबन्ध लगाइएको छ। साथै हथियार, आग्नेयास्त्र, विस्फोटक सामग्री औ अन्य खतरनाक उपकरणहरू बोकेर घुम्नेमाथि पनि रोक लगाइएको छ।

अस्पताल, शैक्षणिक संस्थान, न्यायालय औ धार्मिक स्थलहरू वरिपरी सय मीटर क्षेत्रलाई साइलेन्स ज़ोन घोषि गर्दै त्यहाँ पटाकाहरूको उपयोगमाथि पूर्ण रोक लगाइएको छ। पेट्रोल पम्प र अन्य संवेदनशील स्थलहरूको छेउमा पनि पटाका उपयोगमाथि रोक लगाइएको छ।

उपरोक्त आदेश 30 अप्रेलदेखि लागू भएको छ भने आगामी आदेससम्म यो प्रभावकारी रहनेछ। चुनाउ ड्यूटीमा खटिएका प्रशासनिक अधिकारी, पुलिस औ अर्धसैनिक बलहरूलाई यस प्रतिबन्धदेखि छुट दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande