
श्रीभूमि (असम), 2 मई (हि.स.)। असमको श्रीभूमि जिल्ला अधिनस्थ बदरपुर रेलवे स्टेशनमा रेलवे पुलिसले एकजना युवकलाई ड्रग्ससितै पक्राउ गऱ्यो। पुलिस सूत्रले आज बतायो, यो कारबाही सिलचर-रङ्गिया एक्सप्रेस ट्रेनमा सञ्चालित विशेष अभियान अन्तर्गत गरिएको हो।
पक्रा पर्ने युवकको पहिचान मुसाहेदुल इस्लामको रूपमा भएको छ। जाँच गर्दा उबाट हेरोइनले भरिएका तीन वटा साबुनदानी जफत गरियो जसलाई गुप्त रूपले लगिँदैथ्यो।
प्राथमिक जाँचमा थाहा लागे मुताविक आरोपीले सिलचरदेखि जागी रोडसम्म हेरोइन तस्करी गर्ने चेष्टा गरिरहेको थियो। भनिन्छ, तेजपुरको समिदुर नामक व्यक्तिले उसलाई यो खेप सप्लाई गर्नको लागि दिएको थियो।
रेलवे पुलिसले आवश्यक कानूनी कारबाही गरेपछि आरोपी मुसाहेदुल इस्लामलाई अग्रिम कानूनी कारबाहीको लागि बदरपुर पुलिसलाई सुम्पिदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा