13 परिवार भाजपामा सामेल
भाजपामा सामेल


गान्तोक, 23 मई (हि.स.) भारतीय जनता पार्टी (भाजपा) सिक्किमा सामेल हुने क्रम जारी रहेको छ। बर्फुङ निर्वाचन क्षेत्रका १३ परिवार भाजपामा सामेल भएका छन्

भाजपा सिक्किमका अनुसार, राभाङ्लामा आज आयोजित सामेल कार्यक्रममा 13 परिवार भाजपामा सामेल भए। सामेल कार्यक्रममा प्रदेश उपाध्यक्ष अरुणा मंगर, प्रदेश महासचिव अर्जुन राई, जिल्ला अध्यक्ष टाशी डाडुल भोटिया, जिल्ला महासचिव रोशन राई, भाजयुमो सचिव अनुराग राई, किसान मोर्चा उपाध्यक्ष नामो वाङ्चुक, जिल्ला कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

विज्ञप्तिमा भनिएको छ, प्रदेश अध्यक्ष डीआर थापाको गतिशील नेतृत्व तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी मार्गदर्शनमा सिक्किमका जनता विकास र जनकल्याणका लागि लगातार भाजपालाई सशक्त बनाउन जुटिरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande