आआपले पेट्रोल डिजलको मूल्य वृद्धिलाई लिएर सरकारलाई लक्षित गऱ्यो
आआपले पेट्रोल डिजलको मूल्य वृद्धिलाई लिएर सरकारलाई लक्षित गऱ्यो


नयाँ दिल्ली, 23 मई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले पेट्रोल-डिजलको मूल्य वृद्धिलाई लिएर केन्द्र सरकारलाई लक्षित गरे।

सौरभ भारद्वाजले एउटा बयान जारी गरी भने, पछिल्लो दश दिनभित्रमा पेट्रोल-डिजलको मूल्य 5 रुपियाँसम्म बढ़्यो। यस हिसाबले हेऱ्यो भने भारतको अर्थव्यवस्था धेरै वटा अर्थमा कमजोर बन्दै जानुको सबैभन्दा ठूलो कारण हो, सरकारले पछिल्लो दश वर्षमा एआई तथा सेमीकण्डक्टर उद्योगको लागि जति काम गर्नुथ्यो, त्यो गर्न विफल भयो। अब यसले गर्दा रुपियाँको मूल्य घटिरहेको छ। पेट्रोल, डिजल सहित सबै आवश्यक वस्तुहरू महँगो भइरहेका छन्।

उनले भने, सरकारले जनतामा विस्वास उत्पन्न गराउनको लागि ठोस कदम उठाउन आवश्यक छ, तर सरकारले महँगी मात्र बढ़ाइरहेको छ जसकारण आम जनता हैरान भएका छन्।

पञ्जाब प्रभारी मनीष सिसोदियाले पनि पेट्रोल-डिजलको बढ़्दो मूल्यको सन्दर्भमा केन्द्र सरकारलाई लक्षित गर्दै भने, पछिल्लो दश दिनभित्रमा 5 रुपियाँसम्म मूल्य बढ़्यो। उनले प्रधानमन्त्रीसित अपील गरे, उनले देशका जनताको बारेमा सोचुनन् र बढ़्दो महँगीलाई घटाउनको लागि पनि कार्य गरुन्।

सिसोदियाले भने, सरकारले आलोचनालाई दबाउनको निम्ति जाँच एजेन्सीहरूलाई प्रयोग गरिरहेको छ। ईडी र सीबीआईको शक्ति उपयोग गरी कहिलेसम्म जनताका प्रश्नहरूलाई बेवास्ता गर्ने। उनले भने, यसरी नै महँगी बढ़्दै गयो भने आम जनताको के हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande