शौबलमा हतियार तथा विस्फोटक भेटियो, केवाईकेएल उग्रवादी अनि ड्रग्स तस्कर पक्राउ
शौबलमा हतियार तथा विस्फोटक भेटियो, केवाईकेएल उग्रवादी अनि ड्रग्स तस्कर पक्राउ


इम्फाल, 23 मई (हि.स.)। मणिपुरको थौबल जिल्लामा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित विशेष अभियानमा भारी मात्रामा हतियार, विस्फोटक एवं गोला-बारूद जफत गरे। यो कारबाही खोङ्गजोम थाना अन्तर्गत टेकचाम मानिङ्ग चिङ्ग क्षेत्रमा भएको हो।

मणिपुर पुलिस मुख्यालयबाट आज जारी आधिकारिक बयान अनुसार जफत गरिएका वस्तुहरूमा एउटा एसएमजी कार्बाइन म्यागजिन सहित, चार वटा बोल्ट एक्शन राइफल, दुई वटा 9 एमएम पिस्तोल म्यागजिन सहित, एउटा एसबीबीएल, एउटा डीबीबीएल, चार वटा 2 इञ्च प्यारा बम, एउटा 36 एचई ह्याण्ड ग्रेनेड, 10 वटा बाह्र बोर कारतूस तथा तीन वटा जिउँदो 9 एमएम गोली सामेल छन्।

सुरक्षा बलहरूले गए शुक्रवार खोङ्गजोम पापल लामखाई क्षेत्रबाट प्रतिबन्धित उग्रवादी सङ्गठन केवाईकेएलका एकजना सक्रिय सदस्यलाई पक्राउ गरे जसको पहिचान नेप्राम विकास सिंह उपनाम मङ्गलेम्बा उपनाम इङ्गोचा (30)- को रूपमा भएको छ जो लाङ्गाथेल चिङ्गखोङ्ग लैकाईका निवासी हुन् भने वर्तमानमा वाइखोङ्ग उयुङ्ग खुनौमा बस्दै आइरहेका थिए। आरोपीबाट एउटा मोबाइल फोन पनि जफत गरिएको छ।

यसरी नै मादक पदार्थ विरोधी अभियानमा मणिपुर पुलिसले चुराचाँदपुर जिल्लाको सिङ्गनाट थाना अधिनस्थ सुआङ्गदोह गाउँको छेउमा राखिएको अस्थायी वाहन जाँच चौकीमा एउटा मारूति इग्निस वाहन (एमजेड01एडी-5474)- लाई रोकियो। वाहनको जाँच गर्दा वाहनमा संदिग्ध ब्रााउन शुगरले भरिएका 33 वटा साबुनदानी तथा लगभग 3.8 किलोग्राम वजन भएको 40 हजार डब्ल्यूवाई ट्याबलेट भेटियो। त्यसपछि पुलिसले चालक सियामखानसुआन सामते (44), निवासी गौचिनखुप वेङ्ग, न्यू लामका, चुराचाँदपुरलाई पक्राउ गरी संदिग्ध वस्तुसितै वाहन र एउटा मोबाइल फोनलाई जफत गऱ्यो। सबै मामिलाहरूको जाँच भइरहेको पुलिसले बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande