
कोलकाता, 23 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारले ईद-उल-जोहा (बकरीद)- को सरकारी छुट्टीको मितिमा परिवर्तन गरेको छ। नवान्नद्वारा शुक्रवार जारी अधिसूचनामा भनिएको छ, अब आगामी 28 मईको दिन बकरीदको अवसरमा सरकारी अवकाश रहनेछ।
राज्यको वित्त विभागद्वारा जारी विज्ञप्ति अनुसार 27 नोभेम्बर, 2025-मा जारी पहिलाको आदेशमा 26 मई, 2026- को दिन बकरीदको पूर्व सन्ध्या अनि 27 मई, 2026- को दिन ईद-उल-जोहाको लागि छुट्टी घोषित गरिएको थियो। तर अब प्राप्त ताजा जानकारीको आधारमा बकरीद 28 मई, बिहीवारको दिन मनाइन्छ। त्यसैले छुट्टीको तारिकमा परिवर्तन गरिएको हो।
नयाँ अधिसूचना मुताविक पहिला घोषित 26 र 27 मईको छुट्टीलाई रद्द गरिएको छ। यी दुई दिनमा राज्य सरकारका सबै कार्यालयहरू, संस्थान एवं सरकार पोषित प्रतिष्ठानहरू सामान्य रूपमा खुल्लै रहनेछन्। सरकारी अवकाश अब 28 मईमा मात्र रहनेछ।
राज्य सरकारको अवकाश क्यालेण्डर अनुसार आगामी 26 जूनमा मुहर्रम, 16 जुलाईमा रथयात्रा, 15 अगस्तमा स्वतन्त्रता दिवस, 26 अगस्तमा फतेह-दोआज़-दहम एवं 28 अगस्तमा रक्षाबन्धनको अवसरमा छुट्टी निर्धारित छ।
आगामी सेप्टेम्बर महिनादेखि दुर्गापूजाको सिलसिला शुरू हुनेछ। यसै महिना जन्माष्टमी र विश्वकर्मा पूजा पनि मनाइनेछ। अक्टोबरमा गान्धी जयन्ती, महालय अनि दुर्गापूजाको अवसरमा लगातार अवकाश रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा