
गुवाहाटी, 23 मई (हि.स.)। घूस लिँदै गरेको अवस्थामा घटनास्थलबाटै पक्राउ गरिएका असम सिभिल सेवा (एसीएस) अधिकारी लाचित कुमार दासका कठिनाईहरू निरन्तर बढ़िरहेको छ। सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयद्वारा गरिएको छापामारीमा उनकी सालीको फ्ल्याटबाट 01 करोड़ 17 लाख 30 हजार रुपियाँ नगद सहित प्रचुर मात्रामा सुनका गहनाहरजफत गरिएको छ।
सूत्र अनुसार हिजो सञ्चालित खोजी अभियानमा अधिकारीको घरबाट 50 लाख रुपियाँभन्दा अधिक नगद र 500 ग्रामभन्दा अधिक सुनका गहाहरू जफत गरिएको थियो। जाँच एजेन्सीलाई आशङ्का लागेको छ, यो सम्पत्ति आयभन्दा अधिक हुनसक्छ। जफत गरिएको नगद र गहनाहरूको श्रोत पत्तो लगाउनकोलागि अब विस्तृत वित्तिय जाँच शुरू गरिएको छ।
लाचित कुमार दास भूमि अभिलेख निदेशालयमा अतिरिक्त भूमि अभिलेख अधिकारीको पदमा कार्यरत थिए। उनलाई गत बिहीवार 45 हजार रुपियाँ घूस लिँदै गर्दा सतर्कता टीमले घटनास्थलबाटै पक्राउ गरेको थियो। सिकायत प्राप्त भएपछि अधिकारीहरूले धराप थापेर यो कारबाही गरेका थिए।
पक्राउपछि सतर्कता विभागले उनीसित सम्बन्धित केही ठेगानाहरूमा खोजी अभियान सञ्चालन गऱ्यो जसमा नगद, आभूषण अतिरिक्त केही महत्वपूर्ण दस्तावेज अनि वित्तीय रेकर्ड जफत गरिएको छ। जाँचकर्ताहरू अब यो पत्तो लगाउन जुटेका छन्, जफत गरिएको सम्पत्ति अवैध कमाईबाट अर्जित गरिएको थियो वा यसको पछाड़ि कुनै भ्रष्टाचारको नेटवर्क लुकेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा