युवा भारती क्रीड़ाङ्गनको अगाड़िबाट विवादित प्रतिमालाई हटाइयो
युवा भारती क्रीड़ाङ्गनको अगाड़िबाट विवादित प्रतिमालाई हटाइयो


कोलकाता, 23 मई (हि.स.)। युव भारती क्रीड़ाङ्गनको अगाड़ि रहेको विवादित प्रतिमालाई राज्य सरकारले हटाइदिएको छ। पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको परिकल्पना र डिजाइनमाथि आधारित यो प्रतिमा वर्ष 2017-मा अण्डर-17 फुटबल विश्व कप आयोजना भएको समय स्थापना गरिएको थियो।

प्रतिमालाई लिएर शुरूबाटै फुटबल प्रेमी तथा खेल जगतको एक वर्ग असन्तुष्ट थिए। प्रतिमामा कम्मरदेखि मुनिको भागमा पृथ्वीको आकार बनाइएको थियो जसमाथि ‘विश्व बङ्गला’ -को लोगो लगाइएको थियो। दुवै खुट्टामा फुटबललाई दर्शाइएको थियो। यसको बनावट तथा प्रतीकात्मकतालाई लिएर मानिसहरूले लगातार प्रश्न उठाइरहेका थिए।

राज्यका खेल मन्त्री निशीथ प्रमाणिकले हालैमा इण्डियन सुपर लीगको डर्बी स्पर्धालाई हेर्ने क्रममा उक्त प्रतिमालाई हटाउने सङ्केत दिएका थिए। उनले भनेका थिए, यो एउटा “अनौठो र अर्थहीन” प्रतिमा हो जसको कुनै आवश्यकता छैन। मन्त्रीले यो पनि टिप्पणी गरेका थिए, प्रतिमा स्थापना गरेदेखि नै पूर्ववर्ती सरकारको प्रतिकूल समयको शुरूआत भएको थियो।

तथापि पूर्व सरकारको कार्यकालमा तीव्र आलोचना भए पनि प्रतिमालाई हटाइएको थिएन। तर नयाँ सरकार सत्तामा आएपछि अब यसलाई हटाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande