किङ्गसवे क्याम्प मार्केटमा जुत्ताको शोरूममा आगलागी, चार घण्टापछि आगो नियन्त्रित
किङ्गसवे क्याम्प मार्केटमा जुत्ताको शोरूममा आगलागी, चार घण्टापछि आगो नियन्त्रित


नयाँ दिल्ली, 23 मई (हि.स.)। उत्तर पश्चिमी जिल्लाको मुखर्जी नगर क्षेत्रमा शनिवार बिहान किङ्गसवे क्याम्प मार्केटमा अवस्थित एउटा जुत्ताको शोरूममा आगो लाग्यो। द्रूत गतिमा फैलिएको आगोले हेर्दा-हेर्दै पसलको तेस्रो तला समेतलाई आफ्नो चपेटमा लियो। घटनास्थलमा पुगेका दमकल विभागका केही वाहनहरूले लगभग चार घण्टासम्म कठोर परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त नभए पनि पसलमा राखिएका सामानहरू जलेर ठूलो आर्थिक नोक्सान भएको छ।

पुलिस मुताविक शनिवार बिहान लगभग 6:52 बजे मुखर्जी नगर थाना पुलिसलाई पीसीआर कलको माध्यमबाट किङ्गसवे क्याम्प मार्केटमा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाए लगत्तै एएसआई सुखवीर पुलिसको टीम सहित घटनास्थलमा पुगे। प्रारम्भिक जाँचमा थाहा लाग्यो, आगो पसल सङ्ख्या-101 मा निर्मित बाटा शोरूमको ग्राउण्ड फ्लोरमा लागेको थियो। तर क्षणभरमै आगो फैलियो। भनिन्छ, शटरको लक तत्काल नभत्किएको कारणले आगोलाई शुरूमा नियन्त्रण गर्न सकिएन फलस्वरूप आगो फैलिएर पहिलो र दोस्रो तलासम्म पुग्यो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै वरिष्ठ पुलिस अधिकारी पनि घटनास्थलमा पुगे। आगोलाई निभाउने क्रममा सड़कमा वाहनहरूको आवागमनलाई बन्द गरियो। दमकल वाहनहरूलाई मात्र आउने-जाने अनुमति दिइयो। सूचना पाउनसाथ दमकल विभागका 6 वटा वाहनहरूले घटनास्थलमा पुगेर राहत एवं बचाउ अभियान शुरू गरे।

पुलिस अधिकारी अनुसार पसलभित्र प्रचुर मात्रामा जुत्ता तथा अन्य सामानहरू कागजको डब्बामा प्याक गरेर राखिएको थियो। ज्वलनशील सामग्री अधिक भएको कारणले आगो द्रूत गतिमा फैलियो जसलाई निभाउन धेरै समय लाग्यो। दमकल विभाग आगलागीको कारण पत्तो लगाउन जुटेको छ। प्रारम्भिक स्तरमा शर्ट सर्किट सहित अन्य पक्षहरूलाई पनि ध्यानमा राखेर जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande