
आसनसोल , 23 मई (हि.स.) बर्नपुरमा सेल-आईएसपी (इस्को स्टील प्लान्ट) प्रबन्धनद्वारा अतिक्रमणलाई हटाउनको लागि सञ्चालित अभियान अन्तर्गत शनिवार ठूलो कारबाही गरियो। यस अवधि आसनसोल नगरनिगमको वार्ड सङ्ख्या 78- का तृणमूल कङ्ग्रेस पार्षद अशोक रुद्रको कार्यालयलाई बुलडोजरले ध्वस्त बनाइयो जसबाट क्षेत्रमा कोकोहोलो मचियो।
यस कारबाही अन्तर्गत एउटा मात्र कार्यालय नभएर सेलको जमीनमा निर्मित तृणमूल कङ्ग्रेस पार्टीका केही कार्यालयहरू तथा क्लब घरहरूलाई समेत भत्काइयो। यस अभियानलाई लिएर क्षेत्रमा चर्चा चुलिएको छ।
सेल अधिकारीहरू अनुसार भत्काइएका ढाँचाहरू सबै कम्पनीको जमीनमा अवैध रूपमा बनाइएको थियो। सम्बन्धित पक्षलाई पहिला नै कैयौं पटक नोटिस दिएर खाली गर्ने आग्रह गरिएको थियो, तर यस आदेशलाई पालन गरिएन। त्यसपथि नियमानुसारै यो कारबाही गरिएको हो।
अधिकारीहरूले स्पष्ट पारे, यो कुनै अचानक लिइएको फसेला होइन। पछिल्लो लामो समयदेखिको चलिरहेको प्रक्रियाको एक भाग हो। उनीहरूले बताए, अतिक्रमणलाई हटाउनु भविष्यका विकास परियोजनाहरू तथा आम जनताको हितमा आवश्यक भएको थियो।खाली गरिएको जमीनमा आधारभूत ढाँचालाई विकास गर्ने योजना पनि बनाइँदैछ।
यस अभियानलाई सफल बनाउनमा पुलिस प्रशासनको पनि महत्वपूर्ण भूमिका रह्यो। सेल प्रबन्धनले पुलिसले सहयोग गरेकोमा सराहना गर्दै भने, श्रेष्ठ समन्वयको कारणले नै कारबाही शान्तिपूर्ण ढङ्गमा हुन सक्यो।
प्रशासनको दाबी छ, सम्पूर्ण कारबाही कानूनको घेराभित्रै बसेर गरिएको हो र आगामी दिनमा पनि अवैध कब्जाविरूद्ध यस्तै अभियान जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा