
कोलकाता, 23 मई (हि.स.)। प्रवर्तन निदेशालयले सोना पप्पू मामिलामा पक्रा पर्ने कोलकाता पुलिसका पूर्व उपायुक्त शान्तनु सिन्हा विश्वासको मुर्शिदाबादको कान्दीस्थित पैतृक घरलाई जफत गर्ने तयारी शुरू गरेको छ। गए शुक्रवार ईडी अधिकारीहरूले घरको ताला भत्काएर त्यहाँ खोजी अभियान सञ्चालन गरे। यसै दिन विभिन्न स्थानहरूमा भएको कारबाहीमा लगभग दुई किलोग्राम सुन, नगद राशि, मोबाइल फोन र अन्य सम्पत्तिहरूसित सम्बन्धित दस्तावेजहरू पनि जफत गरियो।
ईडी सूत्र अनुसार शान्तनु विश्वासको कान्दीस्थित घरको दस्तावेज जाँच गरिएको छ। परिवारका सदस्यहरूसित पनि जाँचबुझ गरियो। एजेन्सीले अब यो सम्पत्तिलाई जफत गर्ने प्रक्रियालाई अगाड़ि बढ़ाइरहेको छ।
शान्तनु सिंह विश्वास पहिला कालीघाट थानाका प्रभारी रहिसकेका छन्। उनी कान्दी नगरपालिकाको वार्ड नम्बर-8 का निवासी हुन्। स्थानीय मानिसहरूले दाबी गरेका छन्, उनको पैतृक घर पहिलाबाटै जर्जर अवस्थामा थियो, तर पछिल्लो केही वर्षभित्रमा त्यो घर भव्य भवनमा परिणत भयो। उनकी बहिनी गौरी सिंह विश्वास तृणमूल कङ्ग्रेस सङ्चालित नगरपालिकाकी सहायक चेयरपर्सन हुन्। शान्तनुको पक्राउपछि यस भव्य घरलाई लिएर क्षेत्रमा व्यापक चर्चा शुरू भएको थियो।
गए शुक्रवार ईडीले कोलकाताका केही स्थानहरूमा छापामारीको कारबाही गऱ्यो। कसबामा कोलकाता पुलिसका एकजना उपनिरीक्षकको घर तथा चक्रबेड़ियामा व्यवसायीअतुल कटारियाको आवासमा खानतलासी गऱ्यो। एजेन्सीको दाबी छ, यी मानिसहरूको सम्बन्ध सोना पप्पूसित छ। यस अतिरिक्त रोयड स्ट्रीट सहित नौ वटा स्थानहरूमा अभियान चलाइयो।
ईडी मुताविक एक दिनको कारबाहीमा लगभग दुई किलोग्राम सुन जफत गरियो जसको अनुमानित बजार मूल्य लगभग तीन करोड़ रुपियाँ छ। यसबाहेक दश लाख रुपियाँ नगद पनि जफत गरिएको छ।
जाँच एजेन्सीको भनाइ छ, जफत गरिएको मोबाइल फोनबाट केही च्याट तथा अन्य जानकारीहरूलाई मेटाइएको थियो। अब त्यसलाई पुः प्राप्त गर्ने प्रयास गरिंदैछ। यसै सिलसिलामा जाँचबुझ तथा जाँच जारी छ।
स्मरण गराइन्छ, कसबाका व्यवसायी विश्वजीत पोद्दार उपनाम सोना पप्पूलाई केही दिनअघि ईडीले पक्राउ गरेको थियो जसमाथि धम्की दिएर कम मूल्यमा जमीन तथा सम्पत्ति हत्याएको आरोप छ। ईडीले अदालतमा बताएको छ, स मामिलामा तीन जना मानिसहरूको सङ्गठित गिरोह सक्रिय थियो। यसै मामिलामा बेहालाका व्यवसायी जय कामदारलाई पनि पक्राउ गरिएको छ। जाँचमा शान्तनु विश्वाससित लेनदेन भएको पनि प्रमाण पाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा