दक्षिण दमदम नगरपालिकाका तृणमूल पार्षद सञ्जय दासको संदिग्ध परिस्थितिमा मृत्यु, घरभित्रै गलफन्दामा झुण्डिरहेको शव भेटियो
दक्षिण दमदम नगरपालिकाका तृणमूल पार्षद सञ्जय दासको संदिग्ध परिस्थितिमा मृत्यु, घरभित्रै गलफन्दामा झुण्डिरहेको शव भेटियो


कोलकाता, 23 मई (हि.स.)। दक्षिण दमदम नगरपालिकाको वार्ड सङ्ख्या 18-बाट तृणमूल कङ्ग्रेसका पार्षद सञ्जय दासको शनिवार बिहान संदिग्ध परिस्थितिमा मृत्यु भयो। उनको शव घरभित्रै गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। उनलाई तत्काल नागेरबजार स्थितअस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

पुलिसले यस मामिलामा अप्राकृतिको मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। प्रारम्भिक जाँचमा कुनै सुसाइड नोट भेटिएको पुष्टि भएको छैन। पुलिसले यो पनि जाँच गरिरहेको छ, मामिला आत्महत्याको हो वा यसको पछाड़ि अन्य कुनै कारण लुकेको छ।

स्थानीय सूत्र अनुसार सञजय दास पछिल्लो केही दिनदेखिको मानसिक अवसादसित जुझिरहेका थिए। तिनी दक्षिण दमदम नगरपालिकाको स्वास्थ्य विभागमा महत्वपूर्ण पदमा कार्यरत थिए। तृणमूल कङ्ग्रेसको उत्तर कोलकाता जिल्ला सङ्गठनमा पनि उनको सक्रिय भूमिका रहेको मानिन्थ्यो।

भनिन्छ, सञ्जय दासको सम्बन्ध अदिति मुन्शी र उनका पति तथा तृणमूल पार्षद देवराज चक्रवर्तीसित धेरै नजिकको थियो। स्थानीय मानिसहरूको भनाइ छ, नगरपालिका चुनाउमा टिकट दिलाउनदेखि लिएर नगरपालिकामा महत्वपूर्म जिम्मेवारी दिलाउनसम्म देवराज चक्रवर्तीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सञ्जय दासले एक्समा अदिति मुन्शीको समर्थनमा लगातार प्रचार गरिरहन्थे।

यस घटनाले दक्षिण दमदम नगरपालिकालाई लिएर भइरहेका चर्चाहरूलाई फेरि तीव्र बनाइदिएको छ। हिजोआज नगरपालिका भर्ती भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालयको सक्रियता बढ़ेको छ। यसै मामिलामा पूर्व मन्त्री एवं पूर्व विधायक सुजीत बोसलाई हालैमा पक्राउ गरिएको थियो भने दक्षिण दमदम नगरपालिकाका पूर्व चेयरम्यान पाचू रायसित पनि जाँचबुझ गरिसकिएको छ। स्थानीय सूत्रको दाबी छ, सञ्जय दासको सम्पर्क सुजीत बोससित पनि थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande