पश्चिम बङ्गालको भर्ती परीक्षामा ओएमआर शीटको कार्बन कपी दिनु अनिवार्य
पश्चिम बङ्गालको भर्ती परीक्षामा ओएमआर शीटको कार्बन कपी दिनु अनिवार्य


कोलकाता, 23 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारले सरकारी भर्ती प्रक्रियामा पारदर्शितालाई बढ़ाउनको लागि ठूलो निर्णय लिएको छ। अब भर्ती परीक्षाहरूमा सामेल हुने उम्मेद्वारहरूलाई उनीहरूको ओएमआर शीटको कार्बन कपी अनिवार्य रूपमा उपलब्ध गराइनेछ।

सियालदहमा शनिवार आयोजित सरकारी ‘रोजगार मेला’ कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले उक्त आशयको घोषणा गरे। यस अवसरमा केन्द्रिय राज्य मन्त्री तथा भाजपा नेता सुकान्त मजुमदार पनि उपस्थित थिए।

मुख्यमन्त्रीले भने, भर्ती प्रक्रियामा सुधार ल्याउनको लागि विधानसभाको आगामी सत्रमा नयाँ कानून ल्याइनेछ। उनले पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारमाथि भर्ती घोटालाको सम्बन्धमा लक्षित गर्दै भने, पहिला ओएमआर पद्धतिबाट परीक्षाहरू त गराइन्थ्यो, तर उम्मेद्वारहरूलाई उनीहरूको उत्तर पुस्तिकाको कार्बन कपी दिइँदैनथ्यो।

उनले भने, “हरेक नोकरीको उम्मेद्वारसित ओएमआर शीटको कार्बन कपी हुनुपर्छ। यी प्रतिहरूलाई व्यवस्थाभित्रै सीमित राख्ने संस्कृतिले गर्दा भाइ-भतिजावाद तथा भ्रष्टाचार भएको आरोप उठेको हो। अब यस्तो व्यवस्थालाई परिवर्तन गर्नुपर्छ।”

मुख्यमन्त्रीले बताए, सरकारले लिखित परीक्षा, शैक्षणिक योग्यता औ साक्षात्कारको अङ्क वितरणलाई लिएर पनि समीक्षा गरिरहेको छ ताकि भर्ती प्रक्रिया अधिक पारदर्शी बन्न सकोस्।

उनले भने, विशेष रूपमा साक्षात्कारको अङ्कको भारलाई कम गर्नेमाथि विचार गरिँदैछ, किनभने यसै क्षेत्रमा पक्षपात भएको आरोप सबैभन्दा अधिक लाग्दै आएको छ।

शुभेन्दु अधिकारीले आरोप लगाए, पछिल्लो सरकारको कार्यकालमा भर्ती प्रक्रियामा व्यापक रूपमा भ्रष्टाचार भयो जसबाट सारा देशभरि नै राज्यको छवि प्रभावित भयो। उनले भने, अब सरकार एक विश्वसनीय तथा पारदर्शी भर्ती प्रक्रिया स्थापना गरेर उम्मेद्वारहरूको भरोसालाई पुनः कायम गर्न चाहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande