
कोलकाता, 23 मई (हि.स.)। पश्चिम बङ्गालको भाजपा सरकारले राज्य सञ्चालित स्कूलहरूका प्रबन्धन समितिहरूमा व्याप्त राजनीतिक प्रभावलाई कम गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ। राज्यको स्कूल शिक्षा विभागद्वारा तयार गरिएको प्रारूप अनुसार अब स्कूलहरूको गभर्निङ्ग बडीका सदस्यहरूको चयन नामाङ्कनको सट्टा चुनाउको माध्यमबाट गरिनेछ।
शिक्षा विभागीय अधिकारीहरू अनुसार पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारमा गभर्निङ्ग बडीका सदस्यहरूको चयन गरिन्थ्यो भने अब नयाँ व्यवस्थामा अधिक पारदर्शिता तथा जवाबदेहीता सुनिश्चित गर्नको लागि चुनावी प्रक्रियालाई अप्नाइनेछ।
नयाँ रूपरेखा अन्तर्गत सचिवको पदलाई मात्र चुनाउदेकि बाहिर राखिनेछ। यो पद सम्बन्धित स्कूलका प्रधानाध्यापक वा प्रधानाध्यापिकासित स्वतः रहनेछ।
प्रस्तावित नियमहरू अनुसार गभर्निङ्ग बडीको 70 प्रतिशतभन्दा अधिक पद विद्यार्थीहरूका अभिभावकहरूको लागि आरक्षित रहनेछन् भने रहल 30 प्रतिशत पद स्थानीय शिक्षाविद्हरूलाई दिइनेछ।
शिक्षा विभागका एकजना अधिकारीले बताए, प्रत्येक गभर्निङ्ग बडीमा दुई जना स्थानीय निर्वाचित जनप्रतिनिधिहरूलाई सामेल गरिनेछ, तर यसको लागि उनीहरूलाई पहिला गभर्निङ्ग बडीको सदस्य चयन गर्न अनिवार्य हुनेछ।
सरकारले गभर्निङ्ग बडीका सदस्यहरूको सङ्ख्या समेत निर्धारण गरिरहेको छ।
प्रस्ताव मुताविक प्राथमिक विद्यालयहरूमा अधिकतम 15 जना सदस्यहरू, माध्यमिक विद्यालयहरूमा 20 जना सदस्यहरू औ उच्च माध्यमिक विद्यालयहरूमा 25 जना सदस्यहरू हुनेछन्।
नयाँ व्यवस्थामा गभर्निङ्ग बडीको कार्यकाल दुई वर्षभन्दा अधिक राखिनेछ। साथै एउटा कार्यकाल पूरा गर्ने सदस्यले अर्को कार्यकालको चुनाउमा भाग लिन सक्नेछैन। तथापि यो नियम सचिव पदमा लागू हुनेछैन। शिक्षक सङ्गठनहरूले सरकारको यस पहललाई स्वागत गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा